‘टाटा मोटर्स जेन्युअन तेल’ लंच भएको छ।
टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता टाटा मोटर्सको नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङले उक्त तेलको सार्वजनिक गरेको हो।
‘टाटा मोटर्स जेन्युअन तेल’को लंच टाटा मोटर्सका कस्टमर केयरतर्फका ग्लोबल हेड आर. रामकृष्णन, सिप्रदी कम्पनीका सिईओ राजबाबु श्रेष्ठ, टाटा मोटसका स्पेयर पार्टसतर्फका इन्टरनेसनल विजनेस हेड राकेश मित्तल, कस्टमर केयरतर्फका इन्टरलेसनल विजनेस हेड गणेश सेट्टी, सिप्रदी कम्पनीका सिओओ राजेशप्रसाद गिरी, टाटा मोटर्सका स्पेयर पार्टसतर्फका जनरल म्यानेजर विसाल पटेर र सिप्रदी अटो पार्ट्सका जनरल म्यानेजर युवराज बुढाथोकीले संयुक्त रुपमा गरेका हुन्।
टाटा मार्टस जेन्युइन पार्टस् नेपालभरीका आधिकारिक सर्भिस सेन्ट, एक सयभन्दा बढी रिटेलर र च्याम्पियन जोनको उपस्थितमा उक्त मोटर आयल अन्तर्राष्ट्रिय बजारका लागि सार्वजनिक गरिएको हो।
टाटा जेन्युइन इन्जिन आयोल, गियर आयल र रियर एक्सल आयल विभिन्न १ लिटरदेखि १५ लिटरको प्याक साइजमा उपलब्ध हुने कम्पनीले बताएको छ।