टेस्लाको २ ओटा गाडी धादिङबाट फेरी विरगंज भन्सार पठाइएको छ।
आन्तरिक लेखा परीक्षणको पुन रेगुलर परीक्षण गर्न भन्सार फिर्ता ल्याइएको विरगंज भन्सार प्रमुख ढुण्डी प्रसाद निरौलाले जानकारी दिए।
‘हामीले बेला–बेलामा भन्सार छुटेका गाडी पुन परीक्षण गर्छौ। अहिले पनि त्यस्तै परीक्षण गर्न लाग्दा गाडी धादिङ पुगिसकेको रहेछ,’ उनले भने ‘हाम्रै आग्रहमा प्रशासनले धादिङबाट गाडी फिर्ता पठाएको हो।’
गाडी आयातकर्ता कम्पनी र चालक दुवैको फोन नम्बर भारतीय भएकोले सम्पर्क गर्न केही समय लागेको उनले बताए।
‘हाल ती गाडीहरुको काजगपत्र चेकजाँच भइरहेको छ। ‘रिपोर्ट आउन बाकीँ छ। कागजपत्र पुरा भए छुट्छ नभए भन्सारकै नियन्त्रणमा रहन्छ,’ उनले सेतोपाटीसगँ भने।
यी गाडी लामो समयदेखि प्रकृया नपुगेको भन्दै भन्सारले नै रोकेको थियो।
बुधबार एक्कासी भन्सार पास भएपछि अर्थ मन्त्रालयले कसरी पास भयो भनी प्रतिप्रश्न गरेपछि भन्सारले गाडी फिर्ता बोलाएको मन्त्रालय स्रोतले जनाएको छ।