रुस्लानले आफ्नो बजारलाई देशबाहिर पनि विस्तार गर्न सूरु गरेको छ।
रुस्लान भोड्का अष्ट्रेलिया, हङकङ, बेल्जियम, जापान, दक्षिण कोरिया र मलेसियाका बजारमा पनि पाइने छ।
‘नेपाली बजारमा पारखीको पहिलो रोजाईको ब्राण्ड बन्न सफल रुस्लानले विदेशी बजारमा पनि आफ्नो छाप छोड्न सफल हुनेमा विश्वस्त छु’ जावलाखेल गु्रप अफ इण्डष्ट्रिजका ग्रुप कार्यकारी निर्देशक सशिन जोशीले भने।
चीन, थाइल्याण्ड लगायतका देशहरुमा पनि ब्राण्डको निकासीका लागि पहल भइरहेको रुसद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।