कागजपत्र राम्रोसँग जाँच नगरी टेस्लाको गाडी भन्सार पास गराउनेमाथि छानविन हुने भएको छ। दुईओटा टेस्ला गाडी पास गर्ने प्रकृयामा संलग्न कर्मचारीमाथि अर्थमन्त्रालयले छानविन गर्ने भएको हो।
भन्सारबाट जाँचपास भई छुटेका गाडी बिहीबार धादिङबाट फेरि वीरगंज भन्सार पठाइएको थियो।
कर्मचारीको मिलेमतोमा कागजपत्र नपुगेका गाडी भनसार पास गराइएको आशंकामा भन्सारमा खटिएका कर्मचारीमाथि कारवाही गर्न लागिएको भन्सार निकट स्रोतले जनाएको छ।
यी गाडी लामो समयदेखि प्रकृया नपुगेको भन्दै भन्सारले नै रोकेको थियो।
एक्कासी भन्सार पास भएसँगै अर्थ मन्त्रालयले कसरी पास भयो भनी प्रतिप्रश्न गरेपछि भन्सारले गाडी फिर्ता बोलाएको मन्त्रालय स्रोतले जनाएको छ।