भारतको नयाँ दिल्लीमा हरेक दुई-दुई वर्षमा अटो शाे हुने गर्दछ। यसलाई अटो मेकर कम्पनीहरु ठूलो पर्व नै मान्दछन। मैले यस अघि तीन पटक दिल्लीमा भएको अटो शोको अनुभव लिइसकेको थिए।
यस पटक पनि अटो शो अवलोकन गर्ने मौका मिल्यो। अटो शो हेर्नका लागि हामीले २५ जनाभन्दा बढी कर्मचारीहरुलाई यहाँ लगेका थियौ। यही फ्रेब्रुअरीको ६ मा हामी अटो शो हेर्नका लागि नयाँ दिल्ली प्रस्थान गर्यौं । यस पटको अटो शो अल्लि विशेष लाग्यो। अटो शाे हुने स्थान सफा, पार्किङ स्थलको व्यवस्थापन, अटो शो स्थानमा जानका लागि मेट्रो स्टेशमा नै टिकट किन्न सकिन्थो।
ठाँउ ठाँउमा भएको होडिङ बोर्ड लगायतका जानकारीले जो कोही दिल्ली पुग्ने सहजै अटो शोमा पुग्न सक्ने बनाइएको रहेछ।त्यहाँको व्यवस्थापन चुस्त देखेर मलाई नेपालमा हुने नाडा अटो शोको ध्यान आइरह्यो।
नाडा अटो शोमा हामीले पार्किङ लगायतका धेरै कठिनाइ भोग्नुपरेको पिडा नयाँ दिल्लीको अटो शोले बिर्साइदियो। नेपालमा यस्तो शाे गर्न ठाउँकाे समेत अभाव छ।
यस पटकको अटो शोमा मैले केही सवारी साधनको स्टल घटेको थियो। यस पटक फोर्ड र टोयोटा लगायतका कम्पनी अटो शोमा सहभागिता जनाएकै थिएन। मोटरसाइकलमा पनि सुजुकीको मात्र थियो भने केही इलेक्ट्रिक मोटरसाइकलहरु मैले देखे।
हामी सुरुमा नै हाम्रो हुन्डाईको स्टलमा गयौं। अहिले हामी घरमा भन्दा पनि गाडीमा धेरै समय विताउन थालिसकेका छौं त्यसै स्वरुप हुन्डाइले कनेक्टिक पिपुल विइथ क्वालिटी टाइम्स भन्ने नयाँ नारा ल्याएको छ।
हुन्डाइले त्यही नारा अनुसार सवारी साधनलाई स्टलमा प्रदर्शनीमा राखेको थियो। हुन्डाइले स्टलमा टुसान गाडी लन्च गरेको थियो । जुन नेपालमा लन्च भइसकेको छ। भारतमा गत वर्ष सबैभन्दा बढी गाडी विक्री भएको हुन्डाइको क्रेटा अब मार्च देखि नयाँ स्वरुपमा आउने भएको पनि स्टलमा घोषणा गरिएको थियो।
जुन कार्यक्रममा भारतीय कलाकार शाहरुख खानलाई निम्तो दिइएको थियो।
इलेक्ट्रिक गाडीमा कोना राखिएको थियो। केही (WRC) रेसिङ कारले स्टलको शोभा दिएको थियो। हुन्डाइले हाइट्रोजन फ्युल सेलबाट चल्ने गाडी नेक्सो पनि स्टलमा राखेको थियो।
हुन्डाइको स्टलपछि म कियाको स्टलमा गए। कियाले सेल्टसलाई मुख्य प्राथमिकता दिएको थियो। सोनेट गाडीको बारेमा पनि कियाले कन्सेप्ट प्रस्तुत गरेको थियो ।
मलाई लाग्छ कियाले सव फो मिटर सेग्मेन्टमा अर्को वर्ष यो गाडी ल्याउँला। कियाले पनि अटो शोमा इलेक्ट्रिक गाडीमा ध्यान दिएको थियो। कियाको निरो इभी र सोल इभी प्रर्दशनीमा राखिएको थियो।
एमजी कम्पनीले पनि इलेक्ट्रिक गाडीमा एभी रेडेस प्रर्दशनीमा राखेको थियो। एसयुभी मोडेलका गाडीहरु पनि स्टलमा देखिन्थे। यो लगायत हेक्टर गाडीमा पनि स्टलमा आउनेहरुको भिड निकै थियो।
एमजी पछि टाटाको स्टलमा गए। टाटाले पनि इलेक्ट्रिक गाडीमा ध्यान दिएको रहेछ। नेक्सन इभीको साथै उसले इलेक्टिकमा सियारा गाडी ल्याउने घोषणा गरेको थियो। यो उहाँहरुको पुरानो गाडी हो । यसका साथै टाटाले भर्खरै लन्च गरेको अल्टोज गाडी डिस्प्लेमा देख्न सकिथ्यो।
मारुतीले अटो शोमा नयाँ ब्रेजा ल्याएको थियो। पहिला १२ सय सिसिको डिजेल ब्रेजाको पावर वढाएर उसले १५ सय सिसिको ल्याएको हो। १२ सय सिसीको पहिला डिजेल गाडी थियो र अहिले १५ सय सिसिको पेट्रोल गाडी आएको हो।
मारुतीले कन्सेप्ट कार इलक्टिकमा ल्याउने भएको छ। त्यसबारे पनि स्टलमा जानकारी दिइएको थियो। मर्सेडिज बेन्चको स्टलमा मानिसहरुको भिड निकै देखिन्थ्यो। मनिसहरु गाडी हेर्न र फोटो खिच्नेहरुको भिडको कल्पनै गर्न नसकिने थियो।
महिन्द्रामा मराजो गाडी देखेँ,जुन एमयुभी हो र यो भारतीय बजारमा पपुलर छ। केयुभी १०० इलेक्ट्रिकमा गाडी ल्याउने भनेर डिस्प्लेमा राखिएको थियो। यो बाहेक छाना खोल्न मिल्ने (one Convertible car) केही गाडीका कन्सेप्ट मैले त्यहाँ देखे।
सेफ्टीमा फाइभ स्टारमा पाएका गाडीका साथै एक्सयुभी ३०० गाडी पनि स्टलमा थियो। भारतमा पछिल्लो समय चिनियाँ अटो मेकरहरुको ध्यान जान थालेको रहेछ। भारतलाई ठूलो बजार मानेर चिनियाँ अटो मेकरहरुले बिवाइडि बसहरु सार्वजनिक गरेका रहेछन्। मैरो यस पटकको अनभुवले के भन्छ भने अबका दिन इलेक्ट्रिक गाडीहरुको नै हो। सबै कम्पनीहरुले इलेक्ट्रिक गाडीलाई नै प्राथमिकता दिएका पाएँ।
ओझा लक्ष्मी इन्टरकन्टिनेन्टल मार्केटिङ एण्ड कम्युनिकेशन हेड हुन्।