टाटा मोटर्स नेपालको लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले भ्यालेनटाइन डेको अवसरमा ‘टाटा मोटर्स भ्यालेनटाइन विक हुविल्स अफ लभ’ कार्यक्रम आयोजना गर्ने भएको छ।
टाटा मोटर्सको थापाथलीस्थित सोरुममा आउँदो बिहीबार र शुक्रबार उक्त कार्यक्रम आयोजना गर्ने भएको हो।
त्यसदिन जुनसुकै मोडलको गाडीहरु खरिद गर्ने ग्राहकहरुलाई कम्पनीले ‘कपल टुर टु माल्दिभस’, बुकिङ गर्ने ग्राहकलाई हिराको औंठी प्रदान गर्ने भएको छ।
साथै प्रत्येक भ्याल्युएसनमा पफ्र्यूम, निःशूल्क जेन्युइन एसेसरिज, डोर प्राइज, एक वर्षको निःशूल्क रोड टयाक्सलगायतका उपहारहरु प्रदान गर्ने भएको छ।
यस अवधिमा सोरुममा आउने ग्राहकहरुलाई मनोरञ्जनात्मक प्रस्तुतिसहित विभिन्न उपहारहरुले स्वागत गर्ने बताइएको छ।
कम्पनीकाअनुसार कार्यक्रममा नयाँ तथा अत्याधुनिक डिजाइनका टाटाको गाडीहरु एच फाईभ, नेक्सन, टियागो र टिगोर लगायतका गाडीहरु अवलोकन तथा टेस्ट ड्राइभ गर्न सकिनेछ।