नेपालका लागि सुजुकी ब्रान्डका गाडीको आधिकारिक विक्रेता सीजी होल्डिङको अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले आफ्ना नयाँ ग्राहकलाई दुई लाख २५ हजारसम्म नगद छुट दिने भएको छ।
सुजुकीको ‘खुसीको साँचो’ योजनाअन्तर्गत उक्त छुट दिन लागिएको हो। त्यससँगै दुई लाख रुपैयाँ एक्सचेन्ज बोनस र एक वर्षको निःशूल्क बीमा सुविधा पाउने भएका छन्।
कम्पनीकाअनुसार यो अफर नेपालमा रहेका सुजुकीका ३५ वटै डिलरमा उपलब्ध हुनेछ।
सुजुकीले हाल नेपालमा अल्टो के १०, एसप्रेसो, सेलेरियो, इग्निस, स्विफ्ट, बलेनो, डिजायर, सियाज, एसक्रस, इर्टिगा, एक्सएल ६, इको भ्यान, इको कार्गो र सुपर क्यारी बिक्री गर्दै आएको छ।
सुजुकी ‘खुसीको साँचो’ अफर सिमित अवधिका लागि लागू गरिएको कम्पनीको भनाइ छ।