बजाजको लागि नेपालको आधिकारिक वितरक एचएच बजाजले नेपालमै एसेम्बल भएको ‘डोमिनार ४००’ बजारमा ल्याइसकेको छ।
एचएच बजाजले यसअघि नै डिस्कभर, पल्सर नेपालमै एसेम्बल गरेपनि ‘डोमिनार ४००’ भने पहिलो पटक एसेम्बल गरेको हो।
टुरको लागि उत्कृट मानिएको यो महंगो मोटरसाइकलमा गनिन्छ। गत वर्षको बजेटले मोटरसाइकलमा सिसिअनुसार कर लगाएपछि यसको मूल्य ५ लाख ८९ हजार ९ सय पुगेको थियो। नेपालमै एसेम्बल भएपछि यसको मूल्य ५ लाख २९ हजार ९ सयमा झरेको छ।
३७३.२७ सिसीको डोमिनार ८६५० आरपिएममा ४० पिएस पावर र ७००० आरपिएममा ३५ एनएम टर्क जेनेरेट गर्छ।
यसमा डुअल च्यानल एबिएस, एलइडी हेड ल्याम्प, टेल ल्याम्प, एड्भान्स स्पिडोमिटर लगायतका फिचर्स छन्।
यो हरियो र कालो गरी २ ओटा रङ्गमा उपलब्ध छ। यसको इन्धन क्षमता १३ लिटर छ भने २५.५९ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ।
भारतमा बनेको भन्दा यसमा खासै भिन्नता नभएपनि एग्जस्ट, स्पिडोमिटर, भाइब्रेसन लगाएतमा सुधार गरिएको कम्पनीले जनाएको छ।
ग्राउण्ड क्लियरेन्स १५७ मिलिमिटर रहेके उक्त मोटरसाइकलको १ हजार ४ सय ५३ मिलिमिटरको ह्विलबेस छ।