नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले ‘स्प्रिङ डिलाइट’योजना ल्याएको छ।
यस योजना मार्फत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा नगद छुटका साथै विभिन्न सुबिधाहरु प्राप्त गर्ने कम्पनीले बताएको छ।
उक्त योजनाअन्तर्गत ग्राहकहरुले निःशूल्क १ वर्ष सम्मको बीमा, आकर्षक एक्सचेन्ज बोनस स्पट् एक्सचेन्ज तथा मूल्याङ्कन सुबिधा दिइनेछ।
हुन्डाई गाडीको खरिदमा ४ वर्षसम्म निःशूल्क सर्भिस र ३ वर्षको वारेन्टी पनि दिइने बैंकको भनाइ छ। बैंककाअनुसार यो योजना निश्चित समयका लागी मात्र लागू गरिने छ।