फोर्डको नेपालका लागि आधिकारिक विक्रेता जीओ अटोमावाइल्सले फोर्ड एन्डेभरको २०२० मोडलको गाडी नेपाली बजारमा भित्राएको छ।
बिएस–सिक्स प्रदुषण नियन्त्रणमा आधारित २०२० एन्डेभर चारएक्सचार टाइटेनियम प्लस भेरियन्ट भित्राइएको हो।
यस गाडीमा नयाँ २.० लिटर ईकोब्लू डीजेल इन्जिन राखिएको छ। यसले १७० पीएस पावर र ४२० एनएम टर्क पैदा गर्छ।
उक्त गाडीमा गियर लक गर्ने सुविधा पनि छ।
कम्पनीकाअनुसार पूर्ण सुरक्षा मापदण्ड पूरा गरी निर्माण गरिएको यो कार सुरक्षाका दृष्टिकोणले उत्कृष्ट छ।
यसमा एयरब्याग, भूमि व्यवस्थापन प्रणाली जडान गरिएको छ। जसमा गाडीभित्रको ध्वनिको उत्सर्जनलाई कम गर्ने प्रविधिको समेत प्रयोग गरिएको छ।
१४ प्रतिशतसम्म इन्ध नखपतमा सुधार गरिएको र शक्तिशाली अफरोड क्षमता रहेको २०२०एन्डेभर एसयूवी सेग्मेन्टमा भित्राइएको कम्पनीको दाबी छ।
एन्डेभरको यस संस्करणमा आइपुग्दा १७० पीएस पिकपावर र ४२० टर्क छ। जसले १२.४ किलोमिटरप्रति लिटर माइलेज दिन्छ।
कम्पनीकाअनुसार फोर्ड इकोब्ल्यू इञ्जिन परिष्कृत स्वरुप हो। जसले ध्वनि उत्सर्जन कम्तीमा ४ डेसिबल एकाई घटाएको छ।
ईको ब्लू इंजिनले इन्धन दक्षतामा पनि सुधार ल्याएको छ।
यससँगै पूर्ण एलईडी हेडल्याम्प राखिएको छ। एलइडी हेडल्याम्पलाई तल र माथि दुबै बिममा कम्तिमा २० प्रतिशत प्रकाश बढाउने गरी निर्माण गरिएको छ।
यो कारमा ८ इन्च टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम, आरामदायी सिट, पावर एडजेस्टेबल ओआरवीएम लगायतका विशेषताहरु राखिएका कम्पनीको भनाइ छ।
उक्त गाडीमा ८०० मिलिमिटर वाटर वेडिङ क्षमता छ भने ५० प्रतिशत गाडीको छत प्यानोरेमिक सन रुफले कभर गरिएको छ। जसको ३ वर्षमा एक लाख किलोमिटरसम्मको वारेन्टी दिइएको कम्पनीले बताएको छ।
याे गाडी डिफ्युज सिल्भर, डायमन्ड वाइट र एब्सोल्युट ब्ल्याक गरी तीन कलरमा उपलब्ध छन्। जसकाे प्रारम्भिक मूल्य भने १ करोड ४९ लाख राखिएको छ।