प्रविधिक समस्या देखिएपछि होण्डाले आफ्नो लोकप्रिय मोडल डिओसहित ३ मोडलका स्कुटर फिर्ता मगाएको छ।
होण्डा इण्डियाले एक्टिभा ६ जी, एक्टिभा १२५ र डिओलाई रिकल गरेको हो। रेयर कुशनको गुणस्तर होण्डाको स्ट्यान्डर्ड नभएको कम्पनीले जनाएको छ। यसले इन्धन लिकेज हुन सक्छ। होण्डाले निःशुल्क यो पाट्र्स फेरेर ग्राहकलाई दिनेछ।
फेब्रुअरी १४ देखि २५ सम्म निर्मित स्कुटरमा यो समस्या देखिएको हो। पाट्स फेर्न डिलरहरुले यो समयमा निर्मती स्कुटर खरिदकर्तालाई फोन, एसएमएस र इमेलको माध्यमबाट बोलाउन सुरु गरिसकेको एजेन्सीले जनाएको छ।
यो समस्या कतिवटा स्कुटरमा देखिएको छ भन्ने कम्पनीले खुलाएको छैन।