सरकारले यो वर्षको यातायात तथा सवारीसम्बन्धी नवीकरण र शुल्कहरू तिर्ने अवधि थपेको छ।
आइतबारको मन्त्रिपरिषद बैठकले सवारी चालक अनुमतिपत्र, सवारी साधनको, प्रदूषण नवीकरण, रुट परमिट नवीकरण गर्ने म्याद वैशाख मसान्तसम्म कायम गरेको हो।
यस अवधिमा कुनै पनि बिलम्ब शुल्क बुझाउनु नपर्ने वा जरिवाना नपर्ने नेपाल सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिए।
त्यस्तै सरकारले कम्पनी रजिस्ट्रार कार्यालयमा कम्पनीले बुझाउनु पर्ने विवरण र प्रतिवेदन बुझाउने म्याद वैशाख मसान्तसम्म कायम गरेको खतिवडाले जानकारी दिए।