सुजुकी ब्रान्डका गाडीको आधिकारिक विक्रेता तथा सीजी होल्डिग्स्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले लकडाउन सकिएपछि गाडी चेकअप क्याम्प संचालन गर्ने भएको छ।
सुजुकीले मान्य वारेन्टी र फ्रि सर्भिसको अवधि पनि दुई महिना बढाउने भएको छ।
यो चेकअप क्याम्पको उद्देश्य कारहरुको अवस्था ठिक छ कि छैन जाँच्नु र कुनै समस्या भएमा त्यसको समाधान गर्नु रहेको छ।
क्याम्पमा कम्पनीले इन्जिन आयल लगायत अन्य कन्जुमेबल सामग्रीमा विशेष छुट उपलब्ध गराउनेछ।
कोभिड १९ भाइरसको संक्रमण रोक्न नेपाल सरकारले लागू गरेको लकडाउनलाई सीजी मोटोकर्प सम्मान गर्ने बताएको छ।
यो अवधिमा ग्राहकमा आफ्नो सुजुकी गाडीको अवस्थासम्बन्धी हुनसक्ने चिन्ताप्रति कम्पनीको ध्यानाकर्षण भएको छ।