नेपालका लागि होण्डा मोटरसाइकल, कार तथा पावर प्रोडक्टको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १० थान ‘होण्डा अटोमेटिक ब्याकप्याक स्प्रेयर दिएको छ।
ज्योति समुह अन्र्तगतको श्री स्याकार ट्रेडिङ कम्पनीका अध्यक्ष सौरभ ज्योतीले मंगलबार मन्त्रालयलाई सार्वजनिक स्थानहरुमा किटनाशक औषधि छर्नको लागि उक्त स्प्रयेर दिएको हो।
७ लाख बराबरको होण्डा अटोमेटिक ब्याकप्याक स्पे्रयर सहयोगस्वरुप दिइएको कम्पनीले बताएको छ।