जर्मन एसयुभी ब्रान्ड बगवार्ड नेपाल भित्रने भएको छ। डिएसएम ग्लोबल प्रालिले बगवार्ड नेपाली बजारमा ल्याउन लागेको हो।
बगवार्डको आधिकारिक विक्रेता डिएसएम ग्लोबलले बगवार्ड ग्रुपको क्षेत्रीय उत्पादक तथा वितरक गो ब्रिमेन मोटर्समार्फत् नेपालमा बगवार्ड भित्र्याउन लागिएको कम्पनीले जनाएको छ।
डीएसएम ग्लोबलले पहिलो चरणमा बगवार्ड बीएक्स ५ नेपाल भित्र्याउन लागेको छ।५ सिट क्षमताको यस यस एसयुभी लम्बाई ४.४ मिटर, चौडाई १.८ र उचाई १.६ मिटर छ।
यो एसयुभी १.४ लिटर र २.० लिटर गरी दुई वटा इन्जिनमा उपलब्ध छ। १.४ लिटरको फोर सिलिन्डर टर्बो इन्जिनले ५ हजार ५०० आरपीएममा १ सय ५० पीएस पावर र ४ हजार ५ सय आरपीएममा २ सय ५० एनएम टर्क जेनेरेट गर्छ भने २.० लिटर टर्बो इन्जिनले ५ हजार ५ सय आरपीएममा २ सय २४ पीएस र ४ हजार ५ सय आरपीएममा ३ सय एनएम टर्क उत्पन्न गर्छ।
दुवै इन्जिनमा ६ स्पिड अटोमेटिक ट्रान्समिसन छ। त्यसैगरी, २.० लिटर इन्जिन अल ह्विल ड्राइभमा उपलब्ध छ। यसको एसईडी डीआरएल सहितको अटोमेटिक हेलोजिन हेडल्याम्प, एलईडी टेललाइट, किलेस इन्जिन, ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डुअलजोन एअर कन्डिसनिङ, ४.२ इन्चको इन्स्ट्रयुमेन्ट क्लस्टर डिस्प्ले र क्र्युज कन्ट्रोल रहेका छन्।
दुवै भेरियन्टमा ६ वटा एअरब्याग, भेहिकल स्ट्याबिलिटी कन्ट्रोल, एबीएस, इबीडी, ब्रेक असिस्ट, इलेक्ट्रोनिक पार्किङ ब्रेक, टायर प्रेसर मनिटरिङ सिस्टम, हिल स्टार्ट असिस्ट र इलेक्ट्रोनिक डिफेरेन्सियल सिस्टम र हिल डिसेन्ट कन्ट्रोल रहेका छन्।
गो ब्रिमेन मोटर्स मलेसिया र आसपासको क्षेत्रको लागि बगवार्ड ग्रुपएजी (जर्मनी र चीन)को एसेम्ब्लिङ तथा वितरण पार्टनर हो।गो ब्रिमेन मोटर्सले मलेसियाको केदाहमा बगवार्ड अटोमोबाइलको एसेम्बल प्लान्ट संचालन गर्दै आएको छ जहाँबाट उत्पादित एसयुभीहरु म्यान्मार, श्रीलंका, बंगलादेश, मरिसस र अन्य मुलुकमा निर्यात हुन्छ।
बगवार्डको स्थापना जर्मनीमा पहिलो सन् १९१९ मा जर्मनीको ब्रिमेनमा भएको थियो। बगवार्डले हाल सबै सेग्मेन्टका अटोमोबाइल उत्पादन गर्नुका साथै बस, वारुणयन्त्र, पानीजहाज र हवाइ उपकरणको समेत निर्माण गर्छ।