टाटा मोटर्सको नेपालका लागि एक मात्र अधिकारक विक्रेता सिप्रदी टेडिङ्ग प्रालीले लकडाउनको कारण ग्राहकमा पर्न गएको असरलाई मध्य नजर गर्दै टाटाको सबै कमर्सिअल (ठूला) गाडीमा वारेन्टी अवधि दुई महिना थप गरेको छ।
यदि टाटा कमर्सिअल गाडीेको वारेन्टी अवधिको म्याद १५ मार्च, २०२० भन्दा पछि सकिएको छ भने स्ट्यान्डर्ड वारेन्टीको नियम तथा शर्तहरु अन्तर्गत सवारीको वारेन्टी अवधि ६० दिनको लागि थप गरिएको कम्पनीले बताएको छ।
कम्पनिअनुसार कोरोना भाइरस (कोभिड १९) को कारण भएको लकडाउन र अत्यावश्यक बाहेकको आवागमन प्रतिवन्धले ग्राहकहरुले गाडी मर्मत गराउन नपाएको हुनाले निःशुल्क वारेन्टीको अवधि बढाइएको हो।
यसका साथै सिप्रदीले आकस्मित सेवा प्रदान गर्दै आएका सवारी साधनहरुको लागि २४सै घण्टा सेवा दिइरहेको बताएको छ।
हालसम्म कम्पनीले २३० भन्दा बढी आकस्मिक स्वास्थ्य सेवा तथा सुरक्षामा खटिएका सवारीसाधनहरु सेवा दिई सकेको छ।
केही समस्या आएमा सिप्रदीको टोल फ्री नम्बर १६६००१५५७७७ एनटिसी वा ९८०१५७५७७ एनसिएलमा सम्पर्क गरेर २५ स्थानबाट सेवाका लागि परिचालित कम्पनीका डेडिकेटेड अधिकारीहरूलाई सम्पर्क गर्न सकिने कम्पनीको भनाइ छ।