नेपालका लागि सुजुकी ब्रान्डका गाडीको आधिकारिक विक्रेता तथा सीजी होल्डिङ्गको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले आपतकालीन स्वास्थ्यसेवा, एम्बुलेन्स, खाद्य आपूर्ति र सुरक्षामा प्रयोग हुने सवारीसाधनको एक्सप्रेस सर्भिस सुरु गरेको छ।
कम्पनीले यो सेवा सुरु गर्दा नेपाल सरकारले जारी गरेको सुरक्षाका सबै प्रोटोकलहरुको पालना गर्ने बताइएको छ।
‘यो संकटको समयमा आपतकालीन स्वास्थ्य सेवा, एम्बुलेन्स र सुरक्षा संयन्त्रका गाडीहरु विना समस्या चल्न दिनु हाम्रो जिम्मेबारी हो’, सीजी मोटोकर्पले भन्यो ‘यसका लागि प्राविधिक र सर्भिसिङको दक्ष टोली सुरक्षा प्रोटोकलको पालना गरेर तत्पर अवस्थामा छ।’
धोबीघाटस्थित कम्पनीको सर्भिस सेन्टरबाट लकडाउन अवधिमा एक्सप्रेस सर्भिस सुरु गरेको हो।
साथै, कम्पनीको सञ्जालमा रहेका अन्य सर्भिस सेन्टरमा पनि जतिसक्दो चाँडो यो सेवा सुरु गरिने बताइएको छ।
कम्पनीले सुजुकी गाडीसम्बन्धी कुनैपनि जिज्ञासाको जवाफ दिन कम्पनीले सर्भिस हटलाइन नम्बर ९८०१५७१५७१ समेत संचालनमा ल्याएको छ।
ग्राहकले सुजुकीको आधिकारिक फेसबुक पेजमार्फत समेत सम्पर्क राख्न सक्ने कम्पनीले जनाएको छ।