अग्नि ग्रुपले अनलाइन सेवामार्फत् मानसिक स्वास्थ्यसम्बन्धी अभियान सञ्चालन गरिरहेको छ।
जसअन्तर्गत नेपाल–अग्नि ग्रुपको फेसबुक पेजमार्फत् प्रमाणिक परिवर्तनकारी प्रशिक्षक (होलिस्टिक ट्रान्सफर्मेसनल कोच) प्रेरणा शाहबाट अन्तक्रिर्यात्मक प्रत्यक्ष संवादमा जोडिन आग्रह गरिहेको छ।
यो कार्यक्रम शुक्रबारदेखि २१ गतेसम्म (४ देखि ५ बजेसम्म) संचालन हुने बताइएको छ।
कार्यक्रमले मानिसहरूलाई आफ्नो वर्तमान जीवन शैली, योगासन, प्राणायाम एवं मानसिक तथा शारीरिक स्वास्थ्यसहित जीवनका सबै क्षेत्रका आफूले खोजेको जवाफ हासिल गर्न मद्दत पुग्नेछ।
पूर्वमिस नेपाल श्रृङ्खला खतिवडाद्वारा यो कार्यक्रमको सञ्चालन हुने जानकारी दिइएकाे छ।
अग्नी ग्रपले लकडाउनका समयमा सम्मुख (फ्रन्टलाइन)मा बसेर काम गर्ने सबै जनशक्तिलाई सम्मान गर्न र जनमानसमा सकारात्मक सामाजिक सन्देश प्रवाह गर्ने दिशामा निरन्तर काम गर्दै आएको छ ।