लकडाउन खुलेपछि नेपाली बजारमा नयाँ राइडसेयरिङ कम्पनीको सेवा सुरु हुने भएको छ।
लुजुम नामक नयाँ सेवा लकडाउन खुलेपछि सञ्चालनमा आउने भएको हो।
अनलाइन र अफलाइन बुकिंग सेवा दिर्इ इन्टरनेट वा स्मार्टफोन नभएका यात्रीका लागि पनि सहुलियत सवारी सेवा दिइने कम्पनीले जानकारी दिएको छ। नेपालको सवारी प्रणाली सहज र सुलभ बनाउनका लागि सेवालाई परिस्कृत गर्दै लिइने लुजुम कम्युट सर्भिसेस प्रा. लिले जानकारी दिएको छ।
लुजुमले दुर्इ पांग्रे (मोटरसाइकल), तीन पांग्रे (उपत्यका बाहिरका लागि टेम्पो र सफारी), चार पांग्रे (ट्याक्सी) र रिजर्भ गाडी (बोलेरो / स्करपियो) जस्ता सेवाहरू दिने छ।
लकडाउन लगत्तै काठमाडौंमा र अगामी दिनमा विराटनगर, पोखरा, धरान, इटहरी, चितवन जस्ता मुख्य शहरहरूमा लुजुमको सवारी सुचारू हुने छ।
प्रतीक सुब्बा र डेनिस कार्की तथा गुन्जा सुनुवारको समूहले यो सेवा सुरु गर्न लागेका हुन्।
लुजुमको मोबाइल एप्लिकेशन आइसकेको छ। यसको सेवा लिन चाहने तथा यसका बारेमा बुझ्न चाहनेहरुले एन्ड्रोइडका लागि यहाँबाट र एप्पल प्रयोगकर्ताले यहाँबाट डाउनलोड गर्नसक्ने छन्।
अनलाइन साथै अफलाइन सेवा
इन्टरनेटमा जडित नहुँदा पनि लुजुमको सवारी सेवा लिन सकिने छ। फोन बुकिङका लागि यात्रीले ९८०-२३२३२३३/४/५/६ मा सम्पर्क गर्न सक्नेछन् ।
सुरक्षा कोष
यात्री र पार्टनरको सम्पूर्ण सवारीको सुरक्षा कोषको व्यवस्था लुजुमले गरेको छ । केही दुर्घटना भएको अवस्थामा यात्री र पार्टनरको उपचारको केही भाग लुजुमका सहकर्मी स्वास्थ्य केन्द्रहरू मार्फत् गरिने कम्पनीले जानकारी दिएको छ।
पार्टनर छनोट
महिला यात्रीको थप सुरक्षाको निमित्त सवारी निश्चित गर्नु अघि पार्टनर चयन गर्न पाइने छ। छनोट गर्दा महिला यात्रीलाई सम्भवित हदसम्म महिला पार्टनर नै प्रेषण गरिने कम्पनीले प्रतिबद्धता जनाएको छ।