अशोक लेलैण्ड गाडीको नेपालका लागि एकमात्र आधिकारिक वितरक आइएमई मोटर्सले अन्तरक्रियात्मक मोबाइल एप संचालनका ल्याएको छ। जसको माध्यमबाट आइएमई मोटर्ससंग डिजीटल्ली सिधा जोडिन सकिने भएको छ।
यसको माध्यमबाट आफ्नो गाडीको आगामि सर्भिस गर्ने मिति, सर्भिस बुकिङ्ग, नजिकैको सर्भिस सेन्टर, पार्टस् आउटलेट, सेल्स आउटलेटका साथै कम्पनीले विक्री वितरण गर्ने गाडीका विभिन्न मोडलहरुको बारेमा सुचना प्राप्त गर्न सकिने बताइएको छ।
आफ्ना ग्राहकहरुको आवश्यकता तथा सूचना प्रविधिको प्रयोगलाई मध्यनजर गर्दै ल्याइएको यो एप गुगल प्लेस्टोरमा आइएमइ मोटर्सको नामबाट इन्स्टल गर्न सकिन्छ।
हाललाई यो एप एण्ड्रोइड अपरेटिङ्ग सिस्टममा मात्र उपलब्ध छ। क्रमिक रुपमा आईओएसमा पनि उपलब्ध हुने कम्पनीको भनाइ छ।
यो एपले आफ्ना रजीष्टर्ड ग्राहकहरुको लागि थप सुविधाहरु समेत समावेश गरिएको छ। आफ्नो गाडीको विवरण, सर्भिस हिस्ट्री र सर्भिस गर्ने पात्रो, सर्भिस गरेको बिल हेर्न मिल्ने साथै चालकको विवरण राख्न मिल्ने व्यवस्था पनि छ।
यसका साथै कम्पनीले जारी गरेका पछिल्ला सूचनाहरु, अफरहरु, स्कीमहरु, सर्भिस क्याम्प, नयाँ नयाँ प्रोडक्टहरुको बारेमा पनि जानकारी लिन मिल्ने गरी यो एप बनाइएको छ।