सरकारले आर्थिक ऐनबाट विद्यीय कारमा कर बढाएको छ।
आजै संसदमा पेस भएको ऐनबाट सरकारले करको दर बढाएको हो।
पूर्ण विद्युतीय तथा हाइब्रिड कारहरुमा अन्तशुल्क तथा भन्सारका दरहरु बढाएको छ।
सरकारले विद्युतीय सवारीसाधनलाई प्राथमिकता दिने बताउँदै आएको छ। गएका केही वर्षदेखि यस्तो छुट दिंदै आएको सरकारले आगामी वर्षदेखि भने कर बढाएको हो।
विद्युतीय तथा हाइब्रिड कारहरुको क्षमताअनुसार अन्तशुल्क तथा भन्सार लगाएको छ।