नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा रामशरण महतले विद्युतीय सवारीसाधनमा कर बढाउनु आपत्तिजनक भएको बताएका छन्।
नेपाल आर्थिक पत्रकार सममाजले आयोजना गरेको बजेटपछिको छलफल कार्यक्रममा सम्बोधन गर्दै महतले कर बढाउने सरकारकी कदमत आपत्तिजनकमात्र नभइ आफ्नै प्रतिबद्धता भुलेको आरोप लगाएका छन्।
'यही सरकाले पनि भन्दै आएको थियो कि बिजुलीबाट चल्ने सवारीसाधनको उपयोग बढाउनुपर्छ। तर सरकारले उल्टो कर बढाएर निरुत्साहित गरेको छ। यो आपत्तिजनक छ' उनले भने।
अर्थमन्त्री डा युवराज खतिवडले आगामी वर्षको आगामी वर्षको बजेटसँगै संसदमा प्रस्तुत गरेको आर्थिक बिध्येकबाट विद्युतीय सवारीसाधनमा कर बढाएका छन्। उनले कर बढाउर सय प्रतिशतभन्दा बढीसम्म पुर्याएका छन्।
संसारभर बिजुलीबाट चल्ने सवारीसाधनको उपयोग बढ्दै गएको र सरकारहरुले सहुलियत दिइरहेको बेला नेपाल सरकारले उल्टो काम गरेको उनले बताए।
'विस्तारै नेपालमा बिजुलीबाट चल्ने सवारी उपयोगी हुनसक्छन्। अहिले नै विजुली उपयोग होस भन्ने हुनुपर्छ। सकेसम्म नेपालमा विद्युतीय साधन आउनु भनेर यही सरकारले पनि भनिरहेको थियो। तर सरकारले त्यस्ता साधनमा भन्सार घटाउनुपर्नेमा यो सरकारले १५० प्रतिशत कर लगाउने रे। यो आपत्तिजनक छ' उनले भने' नेपालमा यसै पनि विजुलीको उत्पादन बढीरहेको छ। अहिले नै खेखर जाने अवस्था छ। बिजुलीकव खपत बढाउनका लागि र पेट्रोलियम पदार्थको आयात घटाउनका लागि पनि विद्युतीय सवारीको प्रवर्द्धन आवश्यक छ। सरकारले भने यसमा अपरिपक्क नीति लियो।'
सरकारले ल्याएको बजेटले आवश्यक प्राथमिकता समेटेर बजेट ल्याएपनि प्राचारमुखी भएको उनले प्रतिक्रिया दिएका छन्। सरकारले आफ्ना सबै आकांक्षा राखेर लम्बेतान कार्यक्रम राखिएको बताए।
'बजेट प्राचारात्मक शैलीको छ। बजेटमा पनि त्यही देखिएको छ। धेरै आश्वासनले भरिपूर्ण छ। कृषिदेखि रोजगारीदेखि प्राथमिकता दिनुपर्ने कुरा पनि छन्। तर हुनुपर्ने भन्दा धेरै पनि छन्। तर सरकारको कार्यान्वयनको क्षमता छैन' उनले भने।
त्यस्तै सरकारले आफ्नो असक्षमता लुकाउनका लागि विगत साढे दुई दशकदेखिका प्रयासबाट आएका प्रतिफललाई आफ्नै कारणले सफल भएको भन्दै आत्मप्रचार गर्न खोजेको आरोप लगाए।
'सरकारले विभिन्न क्षेत्रमा यति प्रगति भएको भनेर भनेको छ। जति त्यहाँ उल्लेख भएका छन्। शिक्षादेखि खानेपानीसम्मका प्रगति गएका २ दशकदेखिका उपलब्धी हुन्। त्यसकारण यो सरकारले आत्मप्रचार गर्नु उचित हुँदैन' उनले भने।