नयाँ आर्थिक ऐनले इलेक्ट्रिक तथा हाइब्रिड कारमा ८० प्रतिशतसम्म भन्सार र अन्तशुल्क लाग्ने व्यवस्था गरेपछि नाडा आटोमोवाइल्स एसोसिएसन अफ नेपालले आपत्ती जनाएको छ।
नाडाका पदाधिकारीहरु आर्थिक ऐनको विषयमा शुक्रबार बैठक बसेका थिए।
बजेटको स्वागत गरे पनि आर्थिक ऐन सार्वजनिक भएपछि भने आफूहरु झस्किएको नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलालले जानकारी दिए।
‘इलेक्ट्रिक गाडीमा लगाइएको कर अत्याधिक हो। यसअघी ५० लाख पर्ने गाडीको १ करोड भन्दा धेरै पर्ने भ्एको छ’ उनले सेतोपाटीसगँ भने।
करको विरुद्ध नाडाले सम्भवत आइतबार पत्रकार सम्मेलन राख्ने र जतिसक्दो छिटो अर्थमन्त्रीलाई भेटेर समस्या राख्ने दुलालले बताए।