सरकारले विद्युतिय सवारी साधनहरुमा पनि डिजेल र पेट्रोलका गाडीहरुमा जस्तै उच्च महशुल दर लगाएको कारण आम व्यक्तिले यस्ता विद्युतिय सवारी साधनहरु किन्नै नसक्ने नाडाले बताएको छ।
नाडाले सोमबार पत्रकार सम्मेलन गर्दै सरकारले आफनै पूर्व घोषणालाई वेवास्ता गर्दे विद्युतिय सवारी साधनहरुमा पनि डिजेल र पेट्रोलका गाडीहरुमा जस्तै उच्च महशुल दर लगाएको कारण आम व्यक्तिले किन्नै नसक्ने बताएको हो।
त्यसै पनि महङ्गा विद्युतिय सवारी साधनहरुको मूल्य डिजेल र पेट्रोलका गाडीहरुभन्दा महङ्गो हुन पुगेको नाडाको आरोप छ।
सरकारले विद्युतिय सवारी साधनहरुको प्रयोगलाई उच्च प्राथमिकता दिने घोषणा गरेर महशुलहरुमा उच्च छुट दिदै आएकोले अटोमोबाइल व्यवसायीहरुले विद्युतिय सवारी साधन आयात, वर्कशप र चार्जिङ स्टेशनहरु स्थापना गर्न ठूलो लगानी गरेको थियो। सो अवस्थामा सरकारले आफ्नै पूर्व घोषणालाई बेवास्ता गरेको नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले बताए।
सरकारको अहिलेको नीति बमोजिम विद्युतीय सवारी साधनको मूल्य डिजेल र पेट्रोलका गाडीहरुभन्दा महङ्गो हुन पुगेकोले आम व्यक्तिले यस्ता विद्युतिय सवारी साधनहरु खरिद गर्न नै नसक्ने अवस्था उत्पन्न भएको उनले बताए।
यसबाट विद्युतिय सवारी साधनहरुको प्रयोगलाई सरकारले फेरि निरुत्साहित गर्न खोजेको हो कि भन्ने आशंका उब्जिएको नाडाको आरोप छ।
सरकारको यस्तो दोहोरो र अनिश्चित मापदण्डबाट विद्युतिय सवारी साधनहरुको व्यवसायमा संलग्न व्यवसायीहरुको ठूलो लगानी डुब्ने अवस्था आएको दुलालको भनाइ छ।