यामाहाको टू–ह्विलर्सका लागि नेपालको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले फ्युल इन्जेक्सन (एफआई) प्रविधि भएको पहिलो स्कुटर यामाहा फेसिनो १२५ नेपालमा सार्वजनिक गरेको छ।
अल न्यु फेसिनो १२५ मा बिएस–६ कम्प्लाइन्ट एफआई इन्जिन छ जसले पारम्परिक कार्बुरेटर इन्जिनलेभन्दा ३०५ बढी पावर उत्पन्न गर्नुका साथै १६ प्रतिशत कम इन्धन खपत गर्ने कम्पनीको दावी छ।
यसमा ‘स्मार्ट मोटर जेनेरेटर’ (एसएमजी) प्रविधि राखिएको छ जसले एकै दबाबमा सजिलै इन्जिन ‘अन’हुन्छ। साथै, इन्टरनेशनल यामाहा सिरिजहरुमा जस्तै फेसिनो १२५ मापनि ‘साइड स्ट्याण्ड इन्जिन कट–अफ स्वीच’राखिएको छ। त्यसैगरी राइडरको सुरक्षालाई ध्यानमा राखेर यसमा‘युनिफाइड ब्रेकिङ्ग सिस्टम’ (युबिएस) र ‘फ्रन्ट डिस्क ब्रेक’जडान गरिएको छ।
१२५ सीसीको बीएस ६ मापदण्डको फ्युल इन्जेक्टेड इन्जिन भएको यस फेसिनोले ८.२ पिएस पावर र ९.७ एनएम टर्क जेनेरेट गर्छ।
उच्च माइलेज र उत्कृष्ट पर्फमेन्स फेसिनो १२५ को परिचय भएको कम्पनीको दावी छ। नयाँ फिचर र नवितम प्रविधिहरु राखिएको नयाँ फेसिनो १२५ ‘क्लासिक युरोपियन स्टाइलबाट प्रभावित छ। यसको लुक्स, हेडलाइट, गेज र अन्य फिचरले क्लासिक युरोपियन स्टाइललाई झल्काउँछ ।
फेसिनो १२५ ले नयाँ पुस्ताका राइडरको मागलाई पूर्ति गर्ने यामाहा टु–ह्विलरका मार्केटिङ हेड विक्रम पौडेलले बताए।
‘फेसिनो यामाहाको लोकप्रिय उत्पादन हो। नयाँ फेसिनोमा अझ शक्तिशाली इन्जिन मात्र छैन, स्टाइल र डिजाइनमा पनि परिमार्जन गरिएको छ। हामीलाई विश्वास छ नयाँ फेसिनो १२५ ले फेसिनोको विरासतलाई कायम गर्ने मात्र छैन नयाँ पुस्ताका राइडरको मागलाई पनि पूर्ति गर्छ,’उनले भने।
‘क्लासिक युरोपियन’ स्टाइल भएको फेसिनो १२५ ल्याएसँगै यामाहा १२५ सीसीको स्कुटर समूहमा प्रवेश गरेको छ। फेसिनो १२५ सात वटा कलरहरुमा छ। कम्पनीले यसको मूल्य २ लाख ४७ हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ।
सरकारले जारी गरेको लकडाउन र सुरक्षाप्रोटोकललाई ध्यानमा राखी एमएडब्लु इन्टरप्राइजेजले अनलाइन र मोबाइलबुकिङको व्यवस्था मिलाएको छ। ग्राहकहरुले ९८०१९०५४४३ , ९८०१९०५४३९ वा ९८०१९०५६०४ मा सम्पर्क गरी बुकिङ गराउन सक्नेछन्।
त्यस्तै यामाहा नेपालको आधिकारिक वेबसाइट यामाहा नेपाल डट कम डट एनपी वा फेसबुक पेज बाट पनि नयाँ फेसिनो १२५ को बुकिङ गर्न सकिने कम्पनीले बताएकाे छ।