तपाईंले आफ्नो बाइक वा स्कुटर कति डाउन पेमेन्ट गरेर किन्नु भयो?
कम्तिमा पनि ८०/९० हजार त तिर्नुभयो होला।
सुन्दा अचम्म लाग्न सक्छ, १ रुपैयाँ डाउन पेमेन्ट गरेर तपाईंले होण्डाको बाइक वा स्कुटर आफ्नो बनाउन सक्नुहुन्छ। 'जस्तै परिस्थितीमा पनि होण्डा छ तपाई सगैं, त्यसैले होण्डा हुनेछ तपाईसगैं' नामक स्किम होण्डाले घोषणा गरेको हो।
यो स्किम अन्तरगर्त १ रुपैयाँ डाउन पेमेन्ट, १ रुपैयाँ इएमआई वा १ प्रतिशत व्याजदरमा होण्डाका मोटरसाइकल तथा स्कुटर खरिद गर्न सकिने छ।
पहिलो स्किम अन्तर्गत ग्राहकले १ रुपैयाँ मात्र डाउनपेमेन्ट गरेर मोटरसाइकल वा स्कुटर आफ्नो बनाउन सक्नेछन्।
जसकाे किस्ता अवधि धेरैमा ३ वर्षको हुनेछ। लगानी अबधिको फुल बिमा र नामसारीको रकम भने अग्रिम रुपमा बुझाउन पर्ने छ।
यसको ब्याजदर १६ प्रतिशत हुनेछ। यदि नियमित किस्ता भुक्तानी भएमा ३ प्रतिसत ब्याज छुट पाइने कम्पनीले जनाएको छ।
त्यस्तै दोस्रो योजना अन्तर्गत ग्राहकले मोटरसाइकल वा स्कुटर ४० प्रतिशत डाउन पेमेन्ट गरेर खरिद गरे ३ महिनासम्म मासिक १ रुपैयाँ किस्ता, ५० प्रतिशत डाउन पेमेन्ट गरेर खरिद गरे ६ महिनासम्म मासिक १ रुपैयाँ किस्ता, ६० प्रतिशत डाउन पेमेन्ट गरेर खरिद गरे ९ महिनासम्म मासिक १ रुपैयाँ किस्ता र ७० प्रतिशत डाउन पेमेन्ट गरेर खरिद गरे १ वर्षसम्म मासिक १ रुपैयाँ किस्ता तिरे पुग्ने छ।
यो स्किमको लोन अवधि २ वर्षको हुनेछ भने यसको ब्याजदर भने १६ प्रतिशत हुनेछ।
लगानी अबधिको फुल बिमा र नामसारीको रकम भने अग्रीम रुपमा बुझाउन पर्ने छ। यदि नियमित किस्ता भुक्तानी भएमा व्याजदरमा क्रमश १.५, २, २.५ र ३ प्रतिशत छुट पाइनेछ।
तेस्रो स्किमअनुसार ग्राहकले १ प्रतिशत व्यजदरमा मोटरसाइकल वा स्कुटर किन्न सक्नेछन्।
यो लोनको अवधि बढीमा १ बर्ष को हुनेछ भने डाउनपेमेन्ट ६० प्रतिशत गर्नु पर्नेछ। त्यस्तै लगानी अवधिको फुल विमा र नामसारीको रकम अग्रिम रुपमा बुझाउन पर्ने कम्पनीले बताएको छ।
अन्तिम स्किम अनुसार न्यूनतम २० प्रतिशत डाउन पेमेन्ट गरेर होण्डाको मोटरसाइकल वा स्किुटर खरिद गर्न सकिने छ।
लोन अबधि ग्राहकको इच्छा अनुसार बढीमा ३ बर्ष सम्म गर्न सकिने छ।
यो स्किममा ब्याजदर १६ प्रतिशत कायम गरिएको छ भने नियमित किस्ता भुक्तानी भएमा ३ प्रतिशत ब्याज छुट हुने कम्पनीले जनाएको छ। लगानी अबधिको फुल बिमा र नामसारीको रकम ग्राहकले अग्रिम रुपमा बुझाउन पर्ने छ।