निसान गाडीको आधिकारीक वितरक पायोनियर मोटोकर्पले 'बाइ नाउ पे लेटर' योजना बजारमा ल्याएको छ।
यस योजनाअन्तर्गत निसान गाडी खरिद गर्दा ६ महिनासम्मको इएमआइ र ब्याज कम्पनिले नै व्यहोर्ने जानकारी पायोनियर मोटोकर्पले गराएको छ। साथै निसानका सबै गाडीहरु ३० प्रतिशत डाउन पेमेन्टमा उपलब्ध हुने बताइएको छ।
निशान नेपालले आजसम्मकै सबैभन्दा उत्कृष्ट अफर नेपाली अटो बजारमा ल्याएको दावी गरेको छ। यस योजना स्टक रहने अवधिसम्म लागू हुनेछ र सर्तहरु लागु हुने कम्पनीको भनाइ छ।