नेपालका लागि यमाहाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले मोटरसाइकलतथा स्कुटर खरिदमा शुन्य प्रतिशत फाइनान्स स्किम सुरु गरेको छ।
यो स्किम अन्तर्गत ग्राहकले तीन वर्ष अवधिका लागि शुन्य डाउन पेमेन्टमा यामाहाका जुनसुकै मोटरसाइकल र स्कुटर खरिद गर्न सक्नेछन्।
साथै, ग्राहकले ५० प्रतिशत डाउनपेमेन्ट गरेर शुन्य प्रतिशत ब्याजदरमा यामाहाका दुईपांग्रे खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।
त्यस्तै कम्पनीले सबै प्रकारका मोटरसाइकल तथा स्कुटरहरुमा १० हजार रुपैयाँ नगद छुट समेत व्यवस्था गरेको यमाहा नेपालका मार्केटिङ हेड विक्रम पौडेलले जानकारी दिए।