टिभिएस मोटर कम्पनीको नेपाल स्थित आधिकारिक वितरक जगदम्बा मोटर्सले सुरक्षितयात्राको सुरक्षित सहयात्री योजना सार्वजनिक गरेको छ।
यो योजना अन्तर्गत ग्राहकले शुन्य प्रतिशत डाउनपेमेन्ट, शुन्य प्रतिशत ब्याजदर वा स्कूटरमा १० हजार र मोटरसाइकलमा १२ हजार नगद छुटमध्य कुनै पनि एक छान्न सक्नेछन्।
त्यस्तै ग्राहकहरुले अनलाइन मार्फत् पनि मोटरसाइकल तथा स्कूटर खरीदको लागि अर्डर गर्नसक्ने व्यवस्था मिलाइएको कम्पनीले बताएको छ।
यसरी अनलाइन अर्डर गर्ने ग्राहकलाई कम्पनीले घरमै मोटरसाइकल वा स्कूटर उपलब्ध गराउने होम डेलिभरीको सुविधा समेत प्रदान गर्नेछ।
परिस्थिति विस्तारै सहज बन्दै गएकोले ग्राहकहरुलाई अबको यात्रा अघि बढाउन सहयोग पुगोस् भन्ने उद्देश्यले यो योजना अघि सारेको जगदम्बा मोटर्सका उपाध्यक्ष दिपक कुमार अग्रवालले बताए।