हुन्डाइ नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले क्रेटा किन्ने ग्राहकहरुका लागि नयाँ सुविधासहितको अफर ल्याएको छ।
क्रेटा मासिक १७ हजार २ सय १४ रुपैयाँ किस्ता तिरेर पहिलो वर्ष चढ्न सकिने अफर ल्याएको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका महाप्रबन्धक रुपेश शर्मा भट्टले जानकारी दिए। त्यसपछि भने ग्राहकले किस्ताको रकम दोब्बर तिर्नुपर्ने हुन्छ।
चुनौतीको सामना गर्दै बढ्नु छ अगाडि, हिम्मत छ, हौसला छ हट्ने छैन पछाडीको स्लोगन दिदैँ हुन्डाइले नयाँ अफर ल्याएको हो। लकडाउनले सबै क्षेत्र प्रभावित पारिरहेका बेला क्रेटा किन्न चाहनेहरुलाई सहज वातावरण बनाइदिएको शर्माले बताए।
क्रेटासँगै हुन्डाइले स्यान्टो ग्राण्ड आइटेनमा पनि नयाँ अफर ल्याएको छ। नयाँ अफरमा ५० प्रतिशत डाउनपेमेन्ट तिनुृपर्नेछ भने ८ वर्ष सम्मका लागि फाइनान्सको सुविधा उपलब्ध छ। २०७७/७८ सालको रोड करपनि कम्पनीले नै तिर्नेछ।
स्वास्थ्यकर्मीहरुका लागि भने २५ हजार रुपैयाँ सम्मको सर्भिस भौचर उपलब्ध गराइने भट्टले बताए।
स्वास्थ्यकर्मीहरुलाई प्रदान गरिने यो भौचरको अवधि २ वर्ष सम्मको हुने छ । ग्राहकहरुले यो भौचर गाडी निशुल्क सर्भिस गर्नुको साथै स्पेयरपार्टस, लुब्रिकेन्टसहरु खरिदमा प्रयोग गर्न सक्नेछन।
क्रेटा नेपालमा अत्याधिक रुचाइको गाडी हो ।