नेपालको लागि हुण्डाई मोटर्सको एक मात्र आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. (लक्ष्मी हुण्डाई) ले अनलाइनबाट आफूलाई चाहिएको हुण्डाई गाडीको बुकिङ्ग गर्न मिल्ने सेवाको सुरुवात गरेको छ।
ग्राहकहरुका लागि गाडी खरिदको प्रक्रिया सहज बनाउनको लागि यस प्रणाली मार्फत आफूलाई चाहिएको गाडी सजिलै खोजेर छनौट गर्न सकिने भएको छ।
त्यस गाडीको विभिन्न विशेषताहरु, मुल्य, छुट तथा अन्य विभिन्न फाईदाहरु र आफूलाई चाहिएको गाडीको उपलब्ध रहेका विभिन्न रंगहरुको पनि जानकारी लिन सकिन्छ।
गाडी छनौट गरेपछि बिक्री परामर्शका लागि दर्ता प्रक्रिया सेट–अप गरिनुपर्ने बताइएको छ। त्यसपछि ग्राहकहरुलाई तोकिएको बिक्री परामर्शदाताले सिधैं सम्पर्क गर्नेछन्।
त्यसैगरी, ग्राहकहरुले टेस्ट ड्राइभका लागि पनि अनलाइनबाट अनुरोध गर्न सक्नेछन्। जसको व्यवस्थापन बिक्री परामर्शदाताले नै गर्नेछन्। साथै सवारी साधनको एक्सचेन्जको अनुरोध पनि अनलाइन पोर्टल मार्फत गर्न सकिने कम्पनीले बताएको छ।
ग्राहकहरुले उपलब्ध रहेको गाडीको जानकारी र अफरहरुबाट सन्तुष्ट भएपछी गाडीको बुकिङका लागि अनलाइनबाट कोटेशन जारी गर्न सक्छन्।
आवश्यकता परेमा बैंक फाइनान्सको पनि प्रक्रिया अनलाइनबाट सुरु गर्न सक्नेछन्। अथवा प्रदान गरिएको भुक्तानी गेटवे मार्फत अनलाइन भुक्तानी गरी चाहिएको गाडी बुक गर्नसक्ने कम्पनीको भनाइ छ।