सुजुकी गाडीको नेपालका लागि आधिकारिक बिक्रेता सिजी मोटो कर्पले ग्राहकहरुका लागि नयाँ अफर लिएर आएको छ। सिजी मोटो कर्पले घोषणा गरेको नयाँ सुरुवात योजनामा मासिक १३ हजार ९ सय १३ रुपैयाँ इएमआइ तिरे गाडी चढ्न सक्ने सुविधा ल्याएको छ। सुजुकीको नयाँ अफर लगायतका बिषयमा हामीले सिजी मोटो कर्पका सिनियर मार्केटिङ म्यानेजर करुण शाक्यसँग गरेको कुराकानी -
- लकडाउन केही मात्रामा खुकुलो भएपछि तपाईँहरुले आफ्ना ग्राहकहरुका लागि कस्तो अफर ल्याउनु भएको छ?
लकडाउन चलिरहदाँ हामीले भारी छुट भन्दा पनि ग्राहकहरुलाई मनपर्ने सुविधाहरु लिएर आएका छौं। गाडी किन्दा ग्राहकले हेर्ने मुख्य डाउनपेमेन्ट फाइनान्स र इएमआइ हो। हामीले 'नयाँ सुरुवात' अफर ग्राहकहरुको मर्म बुझेर ल्याएका छौं।
हामीले नयाँ अफरमा ३,७९,८०० रुपैयाँ डाउनपेमेन्टदेखि ग्राहकहरुले अल्टो गाडी किन्ने सुविधा ल्याएका छौं। जसमा ग्राहकले महिनाको १३,९,१३ रुपैयाँदेखि इएमआइ तिर्नुपर्छ। ब्याजदर पनि निकै शुलभ छ। ब्याजदर ७ दशमलव ९९ प्रतिशतबाट सुरु छ। लोन अवधि हामीले ८ वर्षसम्म कायम गरेका छौं।
गाडीहरुको मोडल अनुसार डाउनपेमेन्ट र इएमआइमा फरक-फरक योजना रहेको छ। त्यसका साथै २ लाख २५ हजार रुपैयाँसम्मको नगद छुट, बीमा र २ लाखसम्मको एक्सचेन्ज बोनस ग्राहकहरुका लागि दिएका छौं।
- नेपालस्थित अन्य अटोमोबाइल कम्पनीका डिलरहरुले पनि नयाँ नयाँ र आकर्षक अफर ल्याएका छन यसलाई कसरी हेर्नुभएको छ ?
हामी यसलाई धेरै सकारात्मक रूपमा हेर्दछौं। सबै अटोमोबाइल ब्रान्डको यस्ता गतिविधिले अटोमोबाईल र सम्बन्धित व्यवसाय पुन: उकास्न मद्दत गर्छ भन्ने हाम्रो बुझाइ हो।
-नयाँ अफर ल्याएपछि ग्राहकको मनसाय के कस्तो पाउनुभएको छ।
हामीले निश्चित रूपमा हाम्रा ग्राहकको ध्यान खिच्न सक्षम भएका छौं। हामीले पत्ता लगायौं कि हाम्रो सबै प्लेटफर्महरूमा ग्राहकहरु बढेका छन। ग्राहकहरुले यसलाई गाडी किन्ने सही समय हो भनेर बुझेका छन।
-सरसर्ती हेर्दा लकडाउन दशैँसम्म पनि सहज हुने देखिदैँन । सबैभन्दा गाडी तपाईहरु नाडा अटो शोमा बेच्नु हुन्थ्यो गाडी बेच्ने तपाईँहरुको आगामी रणनीति के छ र?
हो, समय अझ कठिन छन् र रणनीतिहरू दिन प्रतिदिन परिवर्तन हुन आवश्यक छ। हामी सस्तो र सहज रुपमा ग्राहकहरुलाई सेवा दिने नै छौं।
-लकडाउनमा पनि नयाँ गाडी मगाइरहनु भएको छ कि, अथवा अव नेपालमा तपाइहरुले ल्याउन लागेको गाडी कुन छ?
हामीसँग केहि मोडेलहरू सुरूवात गर्ने योजना छ, समय अनुकूल भएको रूपमा हामी खुलासा गर्ने छौं।
- सरकारले इलेक्टिक गाडीमा कर बढाएको छ यसबारे तपाईँको धारणा के छ?
यहाँ इलेक्ट्रिक कारहरूको ठूलो सम्भावना रहेको छ, सबैलाई थाहा छ कि किन बिजुली कार नेपालमामा संभावित छ। यो सम्भावनालाई अजकाल विकास गर्न सबै अटो सेक्टर र सरकारी निकाय मिलेर अगाडि बढ्नु जरुरी छ।
-र अन्त्यमा तपाईँहरुकै गाडी किन्न किन्ने अरु पनि गाडी बजारमा छ?
सुजुकीको गाडी नेपालमा राम्रो विक्री हुन्छ। सुजुकी गाडी नेपाली बजारमा प्रमाणित भएको गाडी हो । हामी सँग सबै भन्दा धेरै मोडलका गाडी छन। सुजुकीका गाडीहरु पावरफुल हुनुका साथै राम्रो माइलेज पनि दिन्छन।
हाम्रो गाडीमा आधुनिक सेफ्टी सिस्टमहरु प्रयोग भएको छ। साथै हाम्रो मेन्टिनेन्स कष्ट अरुभन्दा कम हुनुको साथै हाम्रो स्पेयर पार्टस पनि शुलभ मूल्यमा पाइन्छ। ग्राहकको सेवाको लागि हामी सँग ठूलो सेल्स र सर्भिस नेटवर्क पनि छ। ग्राहकहरु सुजुकीको गाडी किनेपछि पछुताउनु पर्दैन।