शून्य प्रतिशत व्याजदरमै सुजुकीका मोटरसाइक तथा स्कुटर खरिद गर्न पाइने भएको छ।
सुजुकीको मोटरसाइकल तथा स्कुटरको लागि नेपालको आधिकारिक वितरक भिजी अटोमोवाइल्सले ३ महिनादेखिको लकडाउनले ग्राहकलाई पारेको आर्थिक असरलाई मध्यनजर गर्दै कोरोना विशेष स्किम ल्याएको हो।
यो स्किम अन्तर्गत नगदमा मोटरसाइकल तथा स्कुटर खरिद गर्नेलाई तत्काल १५ हजार छुट र १ वर्षको किस्तामा खरिद गर्नेले शून्य प्रतिशत व्याजदरको सुविधा पाउन सक्ने भिजी अटोमोवाइल्समा मार्केटिङ हेड समित सिंहले जानकारी दिए।
‘उतार चडाब आईरहन्छ, सुजुकिकौ साथ रहिरहन्छ भन्ने मूल नाराको साथ ल्याइएको यो स्किमले यो विकराल अवस्थामा पनि ग्राहकलाई केही राहत हुन्छ की भन्ने हाम्रो उद्देश्य हो,’ उनले भने ‘ ग्राहकले २ वर्षमा किस्ता तिर्छु भनेपनि आधा व्याजदर हामी तिरिदिन्छौ।’
यो स्किम नेपालका सम्पूर्ण सुजुकी शो रुममा साउन ३१ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ।