विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को असर नेपालमा पनि देखियो। यसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनले देशको धेरै व्यवसाय थला परे। नेपालको अटोमोवाइल क्षेत्रपनि यो संकटबाट अछुतो रहन सकेन।
विशेषत अहिले चारपांग्रे सवारी साधन व्यवसायले धेरै संकट खेपिरहेको जानकारहरु बताउँँछन्। सवारी साधनको बिक्री घटेपछि गाडी आयातकर्ता कम्पनीहरुले विभिन्न रणनीति अपनाईरहेका छन्।
नेपालका अग्रणी अटोमोवाइल आयातकर्ता सिप्रदी ट्रेडिङले पनि आफ्नो व्यापार बढाउन विभिन्न योजना ल्याएको छ।
यसै विषयमा हामीले सिप्रदि ट्रेडिङका प्यासेन्जर भेइकल बिजनेस युनिटका प्रमुख सावन्त जगं सिजापतीसगँ कुरा गरेका छौं।
पछिल्लो समय टाटाका प्यासेन्जर भेइकलको इन्क्वायरी, बुकिङ र सेल्स कस्तो छ?
अटोमोवाइल बजार र विशेषत प्यासेन्जर भेइकल भनेको अर्थतन्त्र माथि पुग्दा फस्टाउने व्यवसाय हो। लकडाउन खुलेपनि हिड्डुल कम छ र अर्थतन्त्र चलायमान हुन सकेको छैन। त्यसकारण पोहोरको तथ्याङ्क हेर्दा यो समयमा जतिपनि ग्राहक शोरुममा आउनुपर्ने हो धेरै नै कम छ। अहिले भएको सेल्स भनेको मार्च महिनामा हुन लागेको सेल्स नै हो। पुरै नयाँ ग्राहक चाहीँ निकै कम आउनु भएको छ।
यो बजार पुरानो अवस्थामा जान कति समय लाग्ला?
यो क्षेत्र भनेको प्रत्यक्ष मुलुकको अर्थतन्त्रसगँ जोडिएको कुरा हो। त्यसकारण कति समयमा बजार लमा आउँछ भनेर अनुमान गर्न सकिदैन। लकडाउन खुकुलो भएको १ महिना भन्दा धेरै भयो। हिजोबाट मात्रै पूर्ण रुपले खुलेको अवस्था सिर्जना भएको कारणले बजार पनि खुलेको छ। तर कुनैपनि व्यवसायको राम्रो कारोवार भएको देखिदैन। बजार खुल्दैमा त सेल्स बढ्ने होइन। यसको लागि धेरै समय लाग्छ।
इन्क्वायरी, शोरुम भिजिट र सेल्स सामान्य अवस्था भन्दा कती घटेको छ?
पोहोर सालको यो अवधिको र यो वर्षको डाटा कम्पेयर गर्दा सेल्स मात्र ९० प्रतिशत घटेको छ।
सेल्स बढाउन तपाईहरुले के रणनीति अपनाइरहनु भएको छ?
यो लकडाउनमा मान्छेको आम्दानी निकै घट्यो। मान्छेहरु पैसा खर्च नगरौ भन्ने अवस्थामा पुगेका छन्। त्यसकारण एउटै किसिमको डिमाण्ड कसैको पनि छैन। कसैलाई तुरुन्तै डाउनपेमेन्ट गर्न समस्या छ। तुरुन्त किस्ता तिर्न समस्या भएका ग्राहकलाई किस्ता कम्प्रोमाइज गरिरहेको छौ। त्यस्तै क्यासमै किन्नेलाई पनि गाडी हेरेर क्यास डिस्काउन्ट दिइरहेका छौं
त्यस्तै स्किम बाहेक हामीले अर्को सेवा पनि सुरु गरेका छौ। पहिले–पहिले घरमा गाडी किन्ने सल्लाह भएपछि शोरुम गएर गाडी हेर्ने, फिचर्स, इएमआई लगायतको बारेमा बुझ्ने चलन थियो। त्यस्तै आफ्नो पुरानो गडी छ भने त्यसको भ्यालुएसनको लागि विभिन्न रिकन्डिसन हाउसहरुमा जाने र व्याजदर बुझ्न पनि विभिन्न बैंकमा गएर बुझ्ने झण्झट थियो।
यस्तो हुँदा धेरै मान्छेहरुसगँ सम्पर्क हुन्थ्यो। अहिले मन्छेहरु बाहिर निश्कन पनि डराइरहेका छन्। त्यसकारण हामीले लकडाउन कै बीच तिर नयाँ वेवसाइट नै लन्च गर्यौ। त्यो वेवसाइटमा यी सबै प्रोसेसलाई डिजिटलाइज गरेका छौ। कसैलाई गाडी चाहियो भने हाम्रो साइटमा गएपछि शोरुममै गएजस्तो अनुभव हुन्छ।
एक्सचेन्जको लागि पनि सोही वेवसाइटबाटै गर्न सकिन्छ। ग्राहकले भनेको खण्डमा हामी गाडी घर अगाडिनै पुर्याइदिन्छौ।
अफर ल्याइसकेपछि ग्राहकको प्रतिकृया कस्तो पाइरहनु भएको छ?
मैले अघि नै भने बजारमा ९० प्रतिशत सेल्समा गिरावट आएको छ। तर जुन १० प्रतिशत आउनु भएको छ उहाँहरुको उत्साह निकै राम्रो छ।
सबै नाम चलेमा ब्राण्डहरुले पनि स्किम ल्याउने होडबाजी किन गरिरहेका होलान्?
अहिले जुन हिसावले मार्केट गइरहेको छ, समयको माग नै यही हो। सबै ब्राण्डसगँ आ–आफ्नो स्टक छ, त्यसकारण उहाँहरुले आ–आफ्नो स्किमहरु दिइरहनु भएको हो।
यसपाली नाडा अटो शो नहुने जस्तो छ। यसले सेल्सलाई कत्तीको असर पार्ला?
यसले सेल्समा असर त अवस्य नै पार्छ। तर दशैमा गाडीको माहोल केही न केही माथि त जाला। त्यसमाथी थापाथलीमा सबै गाडीको शोरुम छदैछ। अटो शो नभएपनि ग्राहकलाई स्किम, फिचर्स कम्पेयर गर्न त्यत्ती समस्या पार्दैन।
अहिले बेमौसमी स्किम आएको छ। दशैमा टाटाको नयाँ स्किम आउछ की यही नै हो?
दशैको लागि पनि हामी नयाँ स्किम अवस्य नै ल्याउँछौ। अहिलेको स्किमको बजारमा सुझाव र प्रतिक्रिया हेरौ। त्यसपछि के ल्याउने भनेर अवश्य नै सोच्नेछौ।
अहिलेको अवस्थामा ग्राहकले निजी गाडीको आवस्यकता महशुस गरेका छन्?
अहिले धेरैले नीजि गाडीको आवस्यकता महशुस गर्नुभएको छ जस्तो लाग्छ। किनभने पछिल्लो समय जतीपनि ग्राहक आउनु भएको छ धेरै जसो नयाँ हुनुहुन्छ।
अन्त्यमा, टाटा नै किन्नुपर्ने कारण के छ?
विश्व बजारमा पाउने धेरै जसो गाडी नेपालमा पाइन्छ। तर टाटा नै किनभने कर्मसियल भेइकलको कुरा गर्दा त सडकमा टाटा बाहेक अरु देखि नै मूस्किल छ। प्यासिन्जर भेइकलमा पनि अहिलेको स्थितीमा हामी कुनै पनि ब्राण्ड भन्दा पछाडि छैनौ। त्यस्तै फिर्चसको कुरा गर्दा अरुको प्रोडक्टमा हुने र टाटामा नभएको केही छैन।
पछिल्लो समयमा हामी मास्क लगाएर हिड्ने गरेका छौ किन भने हामीलाई आफ्नो सेफ्टीको चिन्ता छ। मोबिलिटी सोलुसनमा पनि यही लजिक लगाउनु भयो भने टाटा छान्नुको विकल्प छैन। ग्लोबल एनक्यापकको रिपोर्ट हेर्ने हो भने टाटाका गाडीहरु सेफ्टीमा उच्च रेटिङ पाएका छन्। २ वटा गाडीले त फाइभ स्टार नै पाएका छन्। बजारमा पाइने सस्ता गाडीहरुको सेफ्टी टेस्ट भएका छैनन् वा रेटिङ निकै न्यून छ।