किया मोटर्स कर्पोरेसनको पूर्ण स्वामित्वको भगिनी संस्था किया मोटर इन्डियाले बिहीबार नयाँ किया सोनेट कम्प्याक्ट एसयुभीको पहिलो तस्बिर सार्वजनिक गरेको छ।
सोनेटको अवधारणा पहिलोपटक २०२० दिल्ली अटो एक्स्पोमा सार्वजनिक गरिएको थियो।
यसको बाहिरी डिजाइनले व्यापक प्रशंसा पाएको थियो।
आउँदो हिउदमा सोनेटले एसयुभी सेग्मेन्टमा नयाँ गतिशीलता थप्ने लक्ष्य लिएको छ।
कम्प्याक्ट एसयुभीको डिजाइन विशेषताहरुः त्रिआयामिक ज्यामितीय ‘स्टेपवेल’ जालि र बाघको नाक जस्तो जालि लगायतको सम्मिश्रण छ।
‘समग्रमा हामी नयाँ किया सोनेट युवाहरुका लागि नयाँ विशेषतासहितको एसयुभी हुनेछ भन्ने विश्वास गर्दछौं’, किया मोटर कर्पोरेसनको किया डिजाइन सेन्टरका प्रमुख तथा सिनियर भाइस प्रेसिडेन्ट करिम हबिबले भने।
सोनेट भारतमा कियाद्वारा निर्मित दोस्रो कार हो। यसअघि कियाले भारतमा सेल्टोस उत्पादन गरेको थियो।
नयाँ मोडलले छिट्टै ग्लोबल प्रिमियर हुने बताइएको छ। त्यसपछि आगामी वर्ष भारतमा सोनेट सार्वजनिक गर्ने कार्यक्रम रहेको कम्पनीले बताएको छ।