लकडाउनले सेलाएको अटोमोवाइल अहिले बिस्तारै केही उकालो लाग्ने क्रममा छ। अटोमोवाइल क्षेत्रमा सबैभन्दा पहिले दुइपांग्रे सवारीसाधनको सेल्स लयमा आउने जानकारहरु बताउँछन्।
विभिन्न सवारीसाधन आयातकर्ता कम्पनीहरुले ग्राहकलाई आकर्षित गर्न विभिन्न अफरहरु ल्याइरहेका छन्।
नेपालका लागि यमाहाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले पनि विभिन्न अफरहरु ल्याएको छ।
कम्पनीको नयाँ स्किम अन्तर्गत ग्राहकले डाउन पेमेन्ट नै नगरी यामाहाका जुनसुकै मोटरसाइकल र स्कुटर खरिद गर्न सक्नेछन्।
यो स्किम अन्तर्गत ग्राहकले तीन वर्ष अवधिका फाइनान्स गर्नु पर्नेछ।
साथै, ग्राहकले ५० प्रतिशत डाउनपेमेन्ट गरेर शुन्य प्रतिशत ब्याजदरमा पनि यामाहाका दुईपांग्रे सवारीसाधन खरिद गर्नसक्ने कम्पनीले जनाएको छ।
त्यस्तै कम्पनीले सबै प्रकारका मोटरसाइकल तथा स्कुटरहरुमा १० हजार रुपैयाँ नगद छुट समेत व्यवस्था गरेको छ।
यस्तो छ मूल्य र स्किम
मोडल | आकार/प्रकार | क्षमता (सिसी) | मूल्य (रुपैयाँमा) |
रे जेड विथ एविएस | स्कुटर | ११३ | १,९५,९०० |
रे जेड आर डिस्क | स्कुटर | ११३ | २,१०,९०० |
रे जेड स्ट्रिट र्याली युबिएस | स्कुटर | ११३ | २,२०,९०० |
फ्यासिनो युबिएस | स्कुटर | ११३ | २,१२,९०० |
फ्यासिनो युबिएस | स्कुटर | १२५ | २,४७,९०० |
एन म्याक्स | स्कुटर | १५५ | ४,५९,९०० |
सलुटो ड्रम युबिएस | मोटरसाइकल | १२५ | २,०५,९०० |
सलुटो डिस्क युबिएस | मोटरसाइकल | १२५ | २,११,९०० |
एसजेड–आरआर | मोटरसाइकल | १५० | २,३५,९०० |
एफजेड १६– एफआई | मोटरसाइकल | १५० | २,७५,९०० |
एफजेड एस एफआई डिडि | मोटरसाइकल | १५० | २,९९,९०० |
एफजेड एस भि३ एबिएस | मोटरसाइकल | १५० | ३,१९,९०० |
एफ जेड–२५ | मोटरसाइकल | २५० | ४,२९,९०० |
फेजर २५ | मोटरसाइकल | २५० | ४,१४,९०० |
आर १५ भि ३ एबिएस | मोटरसाइकल | १५५ | ४,६४,९०० |
एमटी १५ | मोटरसाइकल | १५५ | ४,२९,९०० |
एक्सटिजेड | मोटरसाइकल | १२५ | ३,९९,९०० |