सुजुकीको नयाँ ‘भिटारा ब्रेजा’ सार्वजनिक भएको छ।
सुजुकीको लागि नेपालको आधिकारिक वितरक सिजी मोटोकर्पले १४६२ ‘के–सिरिज’ बीएस ६ पेट्रोल इन्जिन जडित ‘भिटारा ब्रेजा’ नेपाली बजारमा सार्वजनिक गरिएको हो।
५ स्पिड म्यानुअल ट्रान्समिसन रहेको नयाँ कम्प्याक्ट एसयुभी भीएक्सआई र जेडएक्सआई प्लस गरी दुई भेरियन्टमा उपलब्ध छ।
नयाँ भिटार ब्रेजामा सेग्मेन्टमै पहिलो पटक डुअल च्याम्बर एलईडी प्रोजेक्टर हेडल्याम्प, अटो फोल्डिंग ओआरभीएम जस्ता फिचर रहेका छन्।
त्यस्तै, यसमा १७.७८ सेन्टिमिटरको टचस्क्रिन स्मार्ट प्ले स्टुडियो, अटो एसी, भ्वाइस कमान्ड, स्मार्ट की, एलईडी फगल्याम्प, अटो डिमिंग आईआरभीएम, रेन सेन्सिंग वाईपर, क्रुज कन्ट्रोल, डाईमन्ड–कट एलोई ह्विल समावेश छन्।
नयाँ भिटारा ब्रेजमा सेफ्टी प्याकेजलाई स्ट्यान्डार्डको रुपमा राखिएको कम्पनीको दावी छ।
स्टेट अफ आर्ट टीईसीटी च्यासिस्, डुअल एअरब्याग, ईबीडीसहितको एबीएस, पेडेस्ट्रियन प्रोटेक्सन सिस्टम, रिभर्स सेन्सर, आईसो फिक्स चाइल्ड एन्करेज र फोर्स लिमिटरप्रिटेन्सनसहितको सिट बेल्ड पनि स्ट्यान्डर्ड रुपमा राखिएको छ।
नयाँ एसयुभीले ग्राहकको मन जितेर अघिल्ला पुस्ताको भिटारा ब्रेजाको विरासतलाई अझ माथि पुर्याउने सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले बताए।
‘चार वर्षअघि सार्वजनिक गरिएको भिटारा ब्रेजा नेपालमै सबैभन्दा बढी विक्री भएको एसयुभीमध्ये पर्छ। नयाँ भिटारा ब्रेजा पहिलेभन्दा बढी बोल्ड, स्पोर्टी र पावरफुल भएर आएको छ । हामीलाई विश्वास छ यसले पनि ग्राहकको मन जित्नेछ,’ चौधरीले भने।
कम्पनीले भिएक्सआई भेरियन्टको ४१ लाख ६९ हजार र जेडएक्सआई प्लसको मूल्य ४४ लाख ६९ हजार निर्धारण गरेको छ। पहिलो ५० ओटा भिटारा ब्रेजा बुकीङ गर्नेलाई बजार मूल्यमा ३ लाख ७० हजार छुट दिइने कम्पनीले जनाएको छ।