नेपालमा चर्चित मोटरसाइकल मध्ये बजाज अग्र पंक्तीमा पर्छ।
बजाजका १ लाख ६७ हजार ९ सय देखि ५ लाख २९ हजार ९ सय सम्मका १४ वटा मोडलका मोटरसाइकल नेपाली बजारमा उपलब्ध छन्।
लामो लकडाउनपछि सबैजसो मोटरसाइकल आयात कर्ताले झैं बजाजले पनि आफ्ना ग्राहकको लागि विभिन्न स्किम ल्याएको छ।
बजाजको लागि नेपालको आधिकारिक वितरक एचएच बजाजले मोटरसाइकल खरिद गर्दा ‘फुल क्यास’मा १२ हजार छुट, ५० प्रतिशत डाउन पेमेन्ट गर्दा शुन्य प्रतिशत ब्याजदर र २० प्रतिशत डाउनपेमेन्टमै मोटरसाइकल उपलब्ध गराउने योजना ल्याएको हो।
लकडाउनपछि एभरेजमा राम्रै सेल्स भएको कम्पनीकी महाप्रवन्धक पुनम सिंहले जानकारी दिइन्।
‘लकडाउनपछि जुन प्रकारले मार्केट बुम हुन्छ भन्ने सोचेका थियौं त्योअनुसार नभएपनि सेल्स चित्त बुझ्दो नै छ,’ उनले भनिन्।
अहिलेको सेल्सलाई हेरेर बजारको विश्लेषण गर्न नसकिने उनले बताइन्।
‘मोटरसाइकल खरिद गर्न सामान्यतया ग्राहकले नयाँ वर्ष वा दशैं पर्खनुहुन्छ। नयाँ वर्ष अघिदेखि मोटरसाइकल खरिद गर्न खोजेका ग्राहकको कारण पनि सबैको सेल्स बढेको जस्तो देखिएको हो,’ उनले सेतोपाटीसगँ भनिन्।
यस्तो छ बजाजका मोटरसाइकलको मूल्यः
मोडल | क्षमता | मूल्य |
प्लाटिना १०० इएस | १०२ | १,६७,९०० |
डिस्कभर १२५ ड्रम | १२४.४ | १,८९,९०० |
डिस्कभर १२५ डिस्क | १२४.४ | १,९६,९०० |
डिस्कभर १२५ एसटी | १२४.५ | २,०६,९०० |
पल्सर १२५ | १२४.३ | २,२४,९०० |
पल्सर १५० | १४९.५ | २,५७,९०० |
पल्सर १५० टिडी | १४९.५ | २,६८,९०० |
पल्सर १६० एनएस डिडि | १६०.३ | २,८९,९०० |
पल्सर २०० एनएस एबिएस | १९९.५ | ३,३६,९०० |
पल्सर २०० एनएस एएफआई एबिएस | १९९.५ | ३,५६,९०० |
पल्सर २२० एफ | २२० | ३,१६,९०० |
पल्सर २२० एफ एबिएस | २२० | ३,३२,९०० |
एभेन्जर २२० क्रुज | २२० | ३,४१,९०० |
डोमिनार ४०० एबिएस | ३७३.२७ | ५,२९,९०० |