लक्ष्मी कमर्सियल भेहिकलको एसएमएल इसुजुले एक नयाँ विशेष बचत प्याकेजको सुरु गरेको छ।
यस प्याकेज मार्फत ग्राहकहरुले आम्दानी गर्नु अगाडि नै बचत गर्ने मौका पाउने कम्पनीले बताएको छ।
उक्त प्याकेज अन्तर्गत ग्राहकहरुले कमर्सियल भेहिकलको खरिद गर्दा पहिलो ६ महिना गाडी कर्जाको मासिक ब्याज सहितको किस्तामा सय प्रतिशत छुट पाउनेछन्। छुट प्याकेज आबद्ध बैंक मार्फत फाइनान्स गरिएका मोडेलहरुमा मात्र लागु कम्पनीकाे भनाइ छ।
याे प्याकेज मार्फत ग्राहकहरुले आफूले खरिद गरेको कमर्सियल भेहिकलबाट हुने आम्दानी अघि नै बचत गर्न सक्नेछन्।
यससँगै ग्राहकहरुले नि:शुल्क १ वर्षको विमा, नि:शुल्क १ वर्षको सडक कर , सरल फाइनान्स, स्पट एक्सचेन्ज र ३ वर्षको वारेन्टी पाउनेछन्।
एसएमएल इसुजी आफ्नो ग्राहकहरुलाई १०० प्रतिशत सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ।
लक्ष्मी कमर्सियल भेहिकल प्रा.लि.ले विभिन्न प्रकारको स्कुल बसहरु, व्यापारिक/निजी बसहरु, ट्रक र टिप्परहरु नेपालको सडकको लागि उपयुक्त र स्वीकार्य हुने मोडलहरु नेपाली बजारमा भित्राइसकेको छ ।