केही समयमै स्मार्ट कनेक्ट फिचरसहितको टिभिएस अपाचे २०० ४भी नेपाली बजारमा भित्रने भएको छ।
टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले स्मार्ट कनेक्ट फिचरसहितको टिभिएस अपाचे २०० ४भी ल्याउन लागेको हो।
यसमा रेस टेलिमिल्ट्री, ट्विन बाई ट्विन नेभिगेसन, कल/एसएमएस अलर्ट, लो फ्विल वार्निङ एण्ड एसिस्ट, क्र्यास अलर्टट सिस्टम, लेन एङ्गल मोड, एड्भन्स एबिएस विथ आरपिएल, आरटी स्लिपर क्लच, लगायतका स्मार्ट फिचर्सहरु समावेस छन्।
१९७.७५ सीसीको फोर स्ट्रोक आयलकुल्ड १९७.७५ सिसी इन्जिनको यस नयाँ अपाचे आरटीआर २०० ४भीले २०.५ पीएस पावर र १८.१० एनएम टर्क जेनेरेट गर्छ।
३.९ सेकेन्डम ० देखि ६० किलोमिटर प्रतिघण्टाको स्पिडमा पुग्नसक्ने दावी गरिएको यस मोटरसाइकलको उच्च गति १२७ किलोमिटर प्रतिघण्टा रहेको छ।
५ स्पिड गियर बक्स रहेको यस मोटरसाइकलको इन्धन क्षमता १२ लिटर रहेको छ। यसमा १८० मिलिमिटर ग्राउण्ड क्लेयरेन्स छ भने ग्लसी ब्याक र पर्ल ह्वाइट गरी २ ओटा रङ्गहरुमा उपलब्ध छ।