‘उपाए सिटी कार्गो’ नयाँ विशेषता सहितको नयाँ एप सार्वजनिक गरेको छ।
लकडाउनको समयमा अनलाइन खाद्यान्न डेलिभरीबाट चर्चा कमाएको उपाएले चालक तथा क्लाइन्टको सुविधाको लागि नयाँ फिचर्स सहितको एप ल्याएको हो।
पहिले सामान्य रुपमा अर्डर गर्न मात्र मिल्ने एपलाई धेरै फिचर्सबाट सुसज्जित बनाइएको उपाएका चिफ अपरेटिङ अफिसर अमिगो खड्काले जानकारी दिए।
‘अहिलेको एपबाट क्लाइन्टले नजिकको चालकसगँ सम्पर्क गर्न सक्नेछन्, त्यस्तै अनलाइन पेमेन्ट, अटोम्याटिक भ्ट बिल, ट्र्याकिङ, स्ट्याण्डर्ड प्राइसिङ, दिनभरीको लागि बुक गर्न सकिने, दुरी, समय र तौलको आधारमा पनि गाडी बुक गर्न सक्नुहुनेछ,’ खड्काले सेतोपाटीसगँ भने।
त्यस्तै चालकको लागि पनि धेरै फिचर्सहरु थपिएको उनले जानकारी दिए।
‘चालकले अर्डर लिन कम्पनीसगँ फोनको झण्झट हुँदैन, त्यस्तै दुरी, शुल्क ठाउँ पाएक हेरेर क्लाइन्टको रिक्वेस्ट एसेप्ट गर्न सक्छ। त्यसैगरी चालकले आफूले कमाएको रिसिप्ट सजिलै हेर्न सक्छ भने आफै सामान लोड गरेर थप आम्दानी गर्न पनि सक्छ,’ उनले भने।
उपत्यकामा विगत १ वर्षदेखि ढुवानी सेवा दिइरहेको उपाए सिटी कार्गोले काठमाडौं भित्र ढुवानी सेवा दिइरहेको छ। कम्पनीले आगामी दिनमा विराटनगर, इटहरी, बुटवल, भैरहवा, पोखरा, चितवन लगायतका स्थानमा पनि सेवा सुरुगर्ने तयारी थालेको छ।