टिभिएसको नेपालको लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस अपाचे २०० ४भी नेपाली बजारमा भित्राएको छ।
कोभिड-१९ को महामारीबाट जोगिन कम्पनीले स्मार्ट लन्च इभेन्ट मार्फत मोटरसाइकल सार्वजनिक गरेको हो।
यसमा रेस टेलिमिल्ट्री, ट्विन बाई ट्विन नेभिगेसन, कलरएसएमएस अलर्ट, लो फ्विल वार्निङ एण्ड एसिस्ट, क्र्यास अलर्टट सिस्टम, लेन एङ्गल मोड, एड्भन्स एबिएस विथ आरपिएल, आरटी स्लिपर क्लच, लगायतका स्मार्ट फिचर्सहरु समावेस छन्।
१९७.७५ सीसीको फोर स्ट्रोक आयलकुल्ड १९७.७५ सिसी इन्जिनको यस नयाँ अपाचे आरटीआर २०० ४भीले २०.५ पीएस पावर र १८.१० एनएम टर्क जेनेरेट गर्छ।
३९. सेकेन्डम ० देखि ६० किलोमिटर प्रतिघण्टाको स्पिडमा पुग्नसक्ने दावी गरिएको यस मोटरसाइकलको उच्च गति १२७ किलोमिटर प्रतिघण्टा रहेको छ।
५ स्पिड गियर बक्स रहेको यस मोटरसाइकलको इन्धन क्षमता १२ लिटर रहेको छ। यसमा १८० मिलिमिटर ग्राउण्ड क्लेयरेन्स छ भने ग्लसी ब्याक र पर्ल ह्वाइट गरी २ ओटा रङ्गहरुमा उपलब्ध छ।
उक्त बाइकको मूल्य भने तीन लाख ३९ हजार ९ सय रहेको छ।
जगदम्बा मोर्टर्सका उपाध्यक्ष दिपक अग्रवाल भन्छन्, 'नेपालका राइडरहरु यो बाइक चलाउन अत्याधिक इच्छुक छन्। यो बाइक कुनै एक्सिडेन्ट र कर्याक भएपनि परिवारलाई मेसेज जान्छ। प्राइस पर्फमेन्स, फिचर हेर्ने हो भने प्रतिस्पर्धिको तुलनामा निकै राम्रो छ। '