नेपाली बजारमा टिभिएस मोटरसाइकलले आफ्नो नयाँ मोटरसाइकल अपाचे आरटिआर २०० ४ भि मोटरसाइकल बजारमा सार्वजनिक गरेको छ।
सोमबार अनलाइनमार्फत जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले अपाचे आरटिआर २०० ४ भि मोटरसाइकल सार्वजनिक गरेको हो।
अपाचे आरटिआर २०० ४ भि मोटरसाइकल नयाँ स्टाइल, अत्याधुनिक सुविधा र गज्जवको रेसिङ क्षमता भएको जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले जनाएको छ।
जगदम्बा मोटर्स प्राइभेट लिमिटेडका कार्यकारी निर्देशक, साहिल अग्रवालले मोटरसाइकल सार्वजनिक भएपछि यसले ग्राहकवर्गलाई खुशी पार्ने दाबी गरे।
'हामी यहाँ जगदम्बा मोटर्स प्राइभेट लिमिटेडमा, हाम्रा मूल्यवान ग्राहक हरुका लागि नयाँ र आविष्कारी सामाग्रीहरु ल्याउनमा पूर्ण रुपमा प्रतिवद्ध रहेका छौं, उनले भने 'यो अपाचे आरटिआर २०० ४ भिको नयाँ २०२० संस्करणमा नयाँ सुविधाहरू, शैली र प्रदर्शनको एक सर्वश्रेष्ठ संयोजन रहेको छ। हामी पूर्ण विश्वस्त छौं कि यसले पक्कैपनि हाम्रा ग्राहकवर्गलाई खुशी पार्ने छ र अरुको लागि एउटा आधार बन्नेछ।'
टिभिएस मोटर कम्पनीका कार्यकारी उपाध्यक्ष तथा अन्तराष्ट्रिय व्यवसाय प्रमुख, आर दिलीपले भने, 'नेपालमा सुविधा सम्पन्न अपाचे आरटिआर २०० ४ भिको नयाँ २०२० संस्करण भित्र्याउन पाएकोमा हामी एकदम खुशी भएका छौं। यो मोटरसाइकल नेपालका अपाचे मन पराउनेलाई खुशी बनाउने हाम्रो प्रतिवद्धताको एउटा प्रमाण रहने छ। हामीले बिश्वास लिएका छौं कि, यसमा रहेका अत्याधुनिक सुविधाहरुले मोटरसाइकल कुदाउनमा एक नयाँ आयाम थप्नेछ ।'
टिभिएस अपाचे आरटिआर २०० ४ भि मा के छ
टिभिएस अपाचे आरटिआर २०० ४ भि को यो नयाँ मोडल आधुनिक स्मार्ट कनेक्ट सुविधायुक्त रहेको छ।
यस मोटरसाइकलमा ब्लुतुथ कनेक्ट प्रणालीमार्फत रेस टेलिमेट्री, टर्न बाई टर्न नेभिगेसन,लिन एङ्गल मोड, साथै कल र एसएमएस एलर्ट जस्ता आधुनिक सेवा जडान गरिएका छन् जसले बाटोमा यात्रा गर्दा अरु मोटरसाइकल भन्दा अतिरिक्त फाइदा दिने छ।
साथै मोटरसाइकलमा एबिएस विथ आरएलपि रियर व्हील लिफ्ट( अफ् प्रोटेक्सन, फेदर टच स्टार्ट, रेडिएल टायर, एलइडि हेडलाइट, नयाँ रेसिङ ग्राफिक्स र उन्नत स्लिपर क्लच जस्ता सुविधा समेत रहेका छन् जसकारण यो एउटा स्मार्ट र अनबिटेबल मोटर साइकलको रुपमा प्रस्तुत भएर आएको छ।
नयाँ स्मार्ट मोटरसाइकल अनावरण पश्चात आफ्नो धारणा व्यक्त गर्ने क्रममा पूर्व क्रिकेट कप्तान पारस खड्काले भने 'अपाचे नेपालको मार्केटमा लामो समय देखि रहि आएको छ र यसको २०० सिसिको संस्करण एकदमै उत्कृष्ठ रहेको छ।'
यो अपाचे आरटिआर २०० ४ भिको नयाँ २०२० संस्करणमा १९७.७५ सिसि एकल सिलिण्डर, ४(स्ट्रोक, ४(भल्भ, ओएल कुल्ड इन्जिन मोटर रहेको छ जसले ८५०० आरपिएममा २०.५पिएस् र ७००० आरपिएममा १८.१ एनएम पावर उत्पादन गर्दछ। यो मोटरसाइकल दुइओटा मनमोहक रङ्गमास् सायीनिङ कालो र पर्ल सेतो रङ्गमा नेपालमा उपलब्ध हुने छ।
आफ्नो ३७ वर्षको गौरवान्वित रेसिङ्ग विरासतलाई कायम राख्दै टिभिएसले विश्वका ६० भन्दा ज्यादा मुलुकहरुमा झन्डै ३ करोड ३५ लाख ग्राहकलाई प्रविधि, शक्ति, सहजता र स्टायलको मामलामा आफ्ना यस अघिका बिभिन्न मोडल मार्फत सन्तुष्ट बनाउँदै आइरहेको कम्पनीको दाबी छ।