जापनिज अटोमोबाइल कम्पनी होन्डाले विद्युतीय मोटलसाइकलका लागि प्याटेन्ट दर्ता गराएको छ।
विद्युतीय मोटर साइकल निर्माणका लागि काम गरिरहेको जनाएको कम्पनीले अहिलेकै पेट्रोल इन्जिन मोटरसाइकलकै डिजाइनमा प्याटेन्ट तस्बिर दर्ता गराएको हो।
अहिलेको सिबिआर १२५आर मा आधारित विद्युतीय कम्प्याक्ट मोटर र अहिले भएकै प्ल्याटफर्ममा आधारित रहेर विद्युतीय मोटलसाइकल विकास गर्न लागिएको कम्पनीले बताएको छ।
होन्डाले दर्ता गरेको प्याटेन्ट इमेजअनुसार सिबिआर १२५ आर जस्तै डिजाइन देखिन्छ। नियो स्पोर्टस क्याफे थिम रहेको छ।
पेट्रोल इन्जिनवाला मोटरसाइकलकै प्ल्याटफर्म प्रयोग गरेर विद्युतीय मोटरबाट चल्ने मोटर साइकल बनाउन सफल भएमा यसले निर्माण लागत धेरै सस्तो पर्ने र अन्तत: यसको लाभ उपभोक्ताले पाउने कम्पनीले बताएको छ। अहिले विद्युतीय सवारी सुरुवाति चरणमा रहेकाले यसको निर्माण लागत उच्च रहेको छ। होन्डले यसमा दुइपांग्रेमा ब्रेकथ्रु हुनसक्ने विश्वास लिएको छ।
विश्वकै ठूला अटो मोबाइल कम्पनीहरुले विद्युतीय साधन निर्माणका लागि ठूलो लगानी गरिरहेका छन्।