विद्युतीय सवारीसाधानको विकासमा विश्वभरका अटोमोबाइल्स कम्पनीहरुले अध्ययन अनुसन्धान गरिरहेका छन्।
पछिल्लो समय प्राय सबै ठूला कम्पनीले विद्युतीय सवारी ल्यएका छन् कि त ल्याउने घोषणा गरेका छन्। विद्युतीय सवारी साधनको निर्माण क्रमश बढ्दै जाँदा अहिलेको मुख्य समस्या ब्याट्री प्रविधि रहेको छ। निश्चित समयपछि फेर्नैपर्ने र स्टोरेज पनि न्युन रहेकाले यसको प्रवबरद्धनमा समस्या उत्पन्न भएको छ।
यही ब्याट्री प्रविधिमा अनुसन्धान गरी समाधान निकाल्न भन्दै विश्वकै अग्रणी विद्युतीय सवारीसाधन निर्माता बिवाइडी र टोयटाले साझेदारी गरेका छन्।
बिवाइडि चिनियाँ कम्पनी हो भने बिवाइडी जापनिज कम्पनी हो।
यी दुई कम्पनीले विद्युतीय सवारीमा अध्ययन अनुसन्धानका लागि भन्दै बिवाइडी टोयटा टेक्नोलोजी नामको कम्पनी दर्ता गरेका छन्।
यसले डिजाइन,डेभलपमेन्ट लगायतका काम गर्ने छ। यो कम्पनीमा बिवाइडी र टोयटाको ५०/५० प्रतिशत शेयर रहेको छ।