भारतमा हुण्डाई क्रेटा र किया सेल्टोस एसयुभीबीच तीब्र प्रतिस्पर्धा भइरहेको छ।
पछिल्ले समय लोकप्रिय हुँदै कियाको सेल्टोसले क्रेटालाई चुनौति दिएको हो।
यी दुई कोरियन अटोमोवाइल कम्पनी संख्यातमक बिक्रीमा केही भिन्नता नरहेको भारतीय संचार माध्यमहरुले जनाएका छन्।
गत अगस्टमा भारतमा ११ हजार ७ सय ५६ युनिट क्रेटा बिक्री भएको थियो। कियाले १० हजार ६ सय ५५ युनिट सेल्टोस बेच्न सफल भएको थियो।
आश्चर्यजनक पक्ष के छ भने यो अवधिमा कियाको बिक्री भएको १० हजार ८ सय ४५ युनिट मध्य मध्य १९० किया कार्निभल लक्जरी एमपिभी बाहेक अरु सबै सेल्टस विक्री भएको हो।
लकडाउनको अन्त्य पछि भने नयाँ क्रेटाले सेल्टोस भन्दा राम्रो सेल्स गरेको छ।
गत जुन महिनामा कोरोना भाइरसको महामारीको कारण कम्पनीले माग पुर्याउन नसकेको अवस्थामा पनि दुवै एसयुभी ७ हजार भन्दा धेरै सेल्स भएको देखिन्छ।
त्यस्तै जुलाईमा हुण्डाईले कुल ११ हजार ५ सय ४९ र कियाले कुल ८ हजार २ सय ७० युनिट गाडी बिक्री गरेका थिए।
यो लोकप्रियताको कारण सेल्टोस विश्वव्यापी रुपमा दोस्रो धेरै बिक्री हुने मोडल बन्न सफल भएको छ। यो सफलताले भारतमा सेल्टोस र कार्निभलले मात्रै प्यासेन्जर भेइकल सेग्मेन्टमा ६ प्रतिशत मार्केट सेयर गर्न सफल भएका छन्।