यामाहाको ‘रेजीआर १२५ एफआई’ स्कुटर नेपाली बजारमा आउने निश्चित भएको छ।
यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टप्राइजेजले बीएस ६ र एफआई इन्जिन भएको नयाँ स्पोर्टी स्कुटर ‘रेजीआर १२५ एफआई’ भित्र्याउन लागेको हो।
बीएस ६ कम्प्लायन्ट इन्जिन भएको यो स्कुटर प्रिमियम मार्केटलाई मध्यनजर गर्दै बजारमा ल्याउन लागिएको कम्पनीले जनाएको छ।
यसमा यसमा आधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधी रहेको छ।
यामाहाले यो स्कुटर इन्धन किफायति भएको जनाएको छ। उसले बिएस सिक्स इन्जिनका कारण १६ प्रतिशत माइलेज बढ्ने दाबी गरेको छ। यसमा रहेको स्मार्ट स्टार्ट र स्टप प्रणालीका कारण किफायति बढ्ने कम्पनीको भनाइ छ।
स्कुटर रोकिनेवित्तिकै आफै इन्जिन पनि बन्द हुने यो प्रणालीमा सहजै रिस्टार्ट हुने कम्पनीले बताएको छ। यो स्कुरटरमा २ तहमा सिट डिजाइन गरिएको छ।
यामाहाले बीएस ६ र एफआई प्रविधि भएका मोटरसाइकल र स्कुटर लगातार सार्वजनिक गर्दै आएको एमएडब्लुको जनाएको छ।
एमएडब्लुले यो स्कुटर भर्चुअल माध्यमबाट असोज पहिलो साता सार्वजनिक गर्ने तयारी गरिरहेको छ।