नेपालमा डिएफएस गाडीको नयाँ ग्लोरी ५६० एसयूभीको नेपालमा बिक्री सुरु हुन लागेको छ। यसअघि डिएफएसके ग्लोरी ५८० बिक्री भइरहेको थियो
कुजु नेपालले इन्डोनेसियामा उत्पादन हुँदै आएका डिएसएफके ब्राण्डको उत्पादन नेपालमा बिक्री सुरु गरेको एक वर्ष पुरा भएको छ।
अझै नयाँनयाँ मोडलका एसयूभी नेपाल ल्याउने कम्पनीले बताएको छ।
यस्तो छ ग्लोरी ५६०
साइज
ग्लोरी ५६० को लम्बाई ४५१५ एमएम, चौडाई १८१५ एमएम र उचाई १७३५ एमएम रहेको छ। यसमा २६९० एमएमको ह्वीलबेस दिइएको छ। गाडीको तौल भने २००५ केजी रहेको छ।
इन्जिन
ग्लोरी ५६० मा यूरो ५ मापदण्डको इन्जिन दिइएको छ। यसमा रहेको १.५ लिटर टर्बो पेट्रोल इन्जिनले अधिकतम ५७०० आरपीएममा १४८ बीएच पावर र १८०० देखि ४००० आरपीएममा २३० एनएम टर्क प्रदान गर्छ। जसमा ६ स्पीड म्यानुयल गियरबक्स दिइएको छ। साथै, ५० लिटरको इन्धन ट्याङ्क उपलब्ध छ।
सुरक्षा फिचर
ग्लोरी ५६०, ग्लोबल एनक्यापबाट क्र्यास टेष्टमा ५ स्टार रेटिङ प्राप्त गरेको एसयूभी हो। यसको चारै चक्कामा डिस्क ब्रेक दिइएको छ।
यससँगै १७ इन्चको अलोय ह्वील, एयरव्याग, सिट बेल्ट रिमाइन्डर, एबीएस, इबीडी, इन्जिन इमोविलाइजर, आलर्म सिस्टम, स्पीड सेन्सिङ अटो लक, क्र्यास अटो अनलक जस्ता फिचर्स यसमा पाउन सकिन्छ।
इन्टेरियर र फिचर
ग्लोरी ५६० मा सफ्ट टच ड्यास बोर्ड दिइएको छ भने, ड्यासबोर्डमा ८ इन्चको फ्लोटिङ इन्फोटेन्टमेन्ट डिस्प्ले दिइएको छ।
रिभाइज क्यामेरा, पुस स्टार्ट÷स्टप बटम, किलेस इन्ट्री जस्ता विशेषता यसमा पाउन सकिने कम्पनीको भनाइ छ।
वारेन्टी
कम्पनीले यसमा ३ वर्ष वा ४० हजार किलोमिटर जुन पहिला आउँछ त्यही बराबरको वारेन्टी प्रदान गर्नेछ।
मूल्य
यसलाई प्रतिस्पर्धी मूल्य बनाउने कम्पनीको योजनाअनुसार ५७ लाख ५० हजार रुपैयाँ तोकेर यसको बिक्री वितरण सुरु गरिएको छ।