नेपालको लागि हुण्डाइ मोर्टसको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ हुण्डाई औरा नेपालमा सार्वजनिक गरेको छ ।
यस नयाँ स्टाइलिश सेडान आफ्नो सेगमेंटमा सबैभन्दा शक्तिशाली र सुबिधा युक्त ट्रेन्डसेटरको रूपमा स्थापित हुन तयार रहेको कम्पनीले जनाएकाे छ।
नयाँ हुण्डाइ औरा एक आकर्षक सेडानको निम्ति विकसित गरिएको हो ,जुन हृदयबाट जवान रहेका ग्राहकहरुको लागि लक्षित गरी बनाइएको छ । यस गाडीको डिजाईन एक उत्कृष्ट नमुना बनेको छ जस्ले आधुनिक र प्रभावशाली डिजाईनको साथै हुण्डाईको उत्कृष्ट डिजाईन भाषा ’सेन्सियस स्पोर्टनेस’ मा बनेको छ ।
यस गाडीको अग्र भागले युनिक ट्वीन बुमर्याङ रनिङ लाइटको साथै प्रिमियम सटिन फ्रन्ट ग्रिलका साथ साथ प्रोजेक्टर फग ल्याम्प डिस्प्ले गरेको छ ।
साइड प्रोफाइलले यसको कउप जस्तो स्टाईल र विलासी भोल्युमद्वारा युनिक स्पोर्टइनेश दर्साएको छ यसको ट्रंक कभरमा रहेको क्रोम स्ट्रिपको गार्निश र ग्लोसी कालो र्यापले यसलाई आफ्नो सेग्मेन्तको सबैभन्दा स्टाइलिस सेडान बनाएको छ ।
नयाँ हुण्डाइ औराको उत्कृष्ट ड्राइभिङ परफोरमेन्स र गतिशिलताले ड्राइभरलाई आनन्द प्रदान गर्ने कम्पनीको दाबी छ । यस गाडीले विभिन्न कुशल र उन्नत पावरट्रेन्सको छनौट प्रदान गर्दछ ।
नयाँ हुण्डाइ औराको अनावरण कार्यक्रममा लक्ष्मी इन्टरकन्टिनेन्टलका जिएम रूपेश शर्मा भट्टले भने, 'सेडान गाडीहरु नेपाली बजारमा लोकप्रिय छन र यही समयमा बजारलाइ एक स्टाइलिश, विलासी र आरामदायी सेडान प्रदान गर्नु हुण्डाइको लागि अटोमोबाईल उद्योगमा नयाँ तथा उल्लेखनिय स्तर सेट गर्न सही कदम हुनेछ । यस ब्रान्डले ग्राहकहरुबाट उल्लेखनिय प्रशंसा प्राप्त गर्न को लागि सक्षम भएको छ र हामी निश्चित छौं, यस नयाँ हुण्डाई औराले पनि यस लेगसीलाई जारी राख्नेछ र सबै ग्राहकहरूलाई आधुनिक र प्रिमियम अनुभव प्रदान गर्नेछ ।'
यस गाडीको शुरुवाति मूल्य ३३ लाख ९६ हजार रहेको छ।
1.2L Kappa Dual VTVT Petrol 83 PS power @ 6,000 RPM / 11.6 KGM torque @ 4,000 RPM उत्पन्न गरी इन्धनको दक्षतामा सुधार ल्याउने कम्पनीको दाबी छ।
यो वास्तवमै स्टाइल अनुपात र वास्तुकला र टेक्नोलोजिको सबैभन्दा उत्तम मिश्रणबाट बनेको कम्पनीको दाबी छ । यो ६५ प्रतिशत Advanced High Strength Steel (AHSS+HSS) एप्लिकेसन भएको गाडी हो ।
साथै यसमा Front Dual Airbags, Anti-lock Braking System (ABS) with Electronic Brakeforce Distribution (EBD), Rear Parking Sensor and Emergency Stop Signal जस्ता सुविधा छन।
हुण्डाइ औरा एस भेरियन्टको 1.2 Kappa Dual VTVT Petrol engine को 1,197cc मा मात्र उपलब्ध छ। यो गाडी चार विभिन्न भेरियन्ट Fiery Red, Titan Grey, Typhoon Silver / Polar White मा उपलब्ध छ ।