सवारी साधन पारखी तथा विक्रेताको लागि कुम्भ मेला मानिने नाडा अटो शो यसपालि नहुने भएको छ।
सवारी साधन विक्रेताहरुकोअनुसार धेरै ग्राहक विभिन्न छुट तथा अफरको लाभ उठाउन सवारी साधन खरिद गर्न अटो शो नै पर्खेर बस्थे। अटोमोवाइल्स विक्रेता पनि नयाँ गाडी सार्वजनिक गर्न तथा आफ्ना गाडी ब्रान्डिङ गर्न यही बेलाको मौका छोप्थे।
कोभिड १९ ले गर्दा यसपाली भने नाडा अटोको क्रम भङ्ग भएको छ। नाडा अटो शो नभएपनि कम्पनीहरुले दशैं अफर निकाल्ने तयारी गरिरहेका छन्।
निशान तथा ड्याट्सन्को महाराजगञ्ज स्थित आधिकारिक डिलर मेघा मोटर्सले भने मंगलबारदेखि विभिन्न अफर सहित भर्चुअल अटो शो गर्ने भएको छ।
यसपाली नाडा अटो शो नभएको र दैनिक रुपमा कोरोनाको संक्रमण बढेको कारण भर्चुअल अटो शो गर्न लागिएको मेगा मोटर्समा कर्पोरेट सेल्स म्यानेजर बिनोद दुलालले जानकारी दिए।
यो अटो शो मा ९८५११८९२७२ र ९८५११८९२७६ नम्बरको ह्वाट्स एप र भाइबरबाट सहभागी हुन सकिने छ। दुलालका अनुसार कम्पनीले ग्राहकलाई भर्चुअल रुपमा गाडी देखाउने र गाडीको बारेमा जानकारी समेत दिनेछन्।
यसरी गाडी खरिद गर्दा ग्राहकले शोरुम डिस्काउन्ट, एसोसोरिज, एक वर्षको इन्सोरेन्स, एउटा आर्थिक वर्षको रोड ट्याक्स र मेगा भर्चुअल अटो शो बोनस बापत ७५ हजार छुट पाउने दुलालले जानकारी दिए।